काठमाडौं । गोलकिपर विशाल शुनारले फ्रेन्ड्स क्लबबाट नयाँ सिजनको शहिद स्मारक ए डिभिजन खेल्ने भएका छन् ।
फ्रेन्ड्स क्लबले सामाजिक संजाल फेसबुकमार्फत गोलकिपर विशाललाई अनुबन्ध गरिएको जानकारी गराएको छ ।
यससँगै उनले नयाँ सिजनको ए डिभिजन लिग फ्रेन्ड्सबाट खेल्ने भएका हुन् । डबल राण्ड रोबिनको आधारमा हुने नयाँ सिजनको ए डिभिजन लिग फागुन २९ गतेबाट शुरु हुनेछ ।
फ्रेन्ड्सले उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको शुरुवात गर्नेछ ।
नयाँ सिजन नजिकिदै गर्दा फ्रेन्ड्सले दोश्रो खेलाडीको रुपमा विशाललाई अनुबन्ध गरेको हो । यसअघि फ्रेन्ड्सले स्ट्राइकर राजेश परियारलाई अनुबन्ध गरेको थियो ।
विशालले गत सिजनको ए डिभिजन लिग मनाङ मर्स्याङ्गदी क्लबबाट खेलेका थिए ।