काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्ष हुने विभिन्न मोफसलका फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरेको छ ।
मिति अनुसार राजर्षि जनक गोल्डकप र मेयर कप फुटबल प्रतियोगिता सर्लाही र महोत्तरी जिल्लामा क्रमशः फागुन ९ देखि फागुन १८ गतेसम्म हुने भएको छ भने मकवानपुरमा फागुन १२ देखि फागुन २१ गतेसम्म मकवानपुर गोल्डकप हुनेछ ।
भद्रपुर गोल्डकप झापाको भद्रपुरमा हुनेछ भने तिलोत्तमा गोल्डकप रुपन्देहीमा फागुन १९ देखि २८ गतेसम्म हुनेछ । केपी ओली गोल्डकप काठमाडौंमा फागुन २३ देखि चैत १ गतेसम्म हुनेछ ।
सुनसरीमा बुढासुब्बा गोल्डकप फागुन २५ देखि चैत ४ गतेसम्म इलाममा माईभ्याली गोल्डकप र इटहरीमा फागुन १८ देखि चैत २५ गतेसम्म इटहरीमा हुने गोल्डकप स्वीकृत भएको छ ।
मोरङमा हुने विराट गोल्डकप र बारामा सिमरा गोल्डकपको फाइनल नकआउट प्रतियोगिता चैत २३ देखि अप्रिल १ सम्म हुनेछ ।
