भारतले न्यूजील्याण्डलाई दियो ३८६ रनको विजय लक्ष्य

भारत र न्यूजील्याण्ड विचको तेस्रो एकदिवसिय खेलमा भारतले पहिलो व्याटिङ गर्दै ३८५ रन बनाएको छ ।

भारतको लागि ओपनरद्वय कप्तान रोहित शर्मा र शुभमन गिलले सतकिय पारी खेलेका थिए । उनीहरुले पहिलो विकेटको लागि २१२ रनको साझेदारी समेत गरेका थिए ।

रोहितले आफ्नो सतकिय पारीमा ८५ बलमा १०१ रन र शुभमनले ७८ बलमा ११२ रन रन बनाएका थिए ।

रोहितले १०१ रन बनाउँदा ९ चौका र ६ छक्का र शुभमनले १३ चौका ५ छक्का प्रहार गरेका थिए ।

त्यस्तै अलराउण्डर हार्दिक पान्ड्याले ३८ बलमा ५४ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :