काठमाण्डौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारले मेघराज केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
थ्री स्टार क्लबले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत केसीलाई मुख्य प्रशिक्षक पदमा नियुक्त गरेको बारेमा जानकारी गराएको हो । केसी गत सिजन सातदोबाटो युथ क्लबको प्रशिक्षकको भुमिकामा थिए ।
यस्तै मंगलबार नै क्लबले उज्जवाल मानन्धरलाई पनि गोलकिपिङ्ग प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
केसी र मानन्धर दुबैले मंगलाबर नै क्लबसँगको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुनेछ । थ्री स्टारले आफ्नो पहिलो खेल फागुन २० गते एपिएफ फुटबल क्लबसँग खेल्नेछ ।

