डिभाईनद्वारा अन्तराष्ट्रिय बडीबिल्डिङ्ग तथा फिजिक्समा पदक जितेका शाक्य र कपाली सम्मानित

काठमाण्डौं । डिभाईन फिट्नेस सेन्टरले १३औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदकधारी विजेता खेलाडीद्वय प्रज्वलमान शाक्य तथा श्वेता कपालीलाई नगदसहित सम्मान गरेको छ ।

डिभाईनले मंगलबार आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदक जित्न सफ खेलाडीद्वय शाक्य र कपालीलाई नगद २० हजारसहित सम्मान गरेको हो ।

शाक्य र कपालीलाइए डिभाईनकी संचालिका सुनिता प्रधान र दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फेडेरेशनका उपाध्यक्ष दिनेश राजभण्डारीले एकसाथ सम्मान गरेका थिए ।

यस्तै डिभाइनले शाक्य र कपालीका विशेष प्रशिक्षक रुजेश शाहीलाई समेत नगद १० हजार सहित सम्मान गरेको छ ।

। कार्यक्रममा बोल्दै उपाध्यक्ष राजभण्डारीले राज्यले अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई विशेष सम्मान गर्नुपर्नेमा जोड दिए ।

१३औं विश्व शारीरिक सुगठन प्रतियोगिता गत मंसिर महिनाको २० देखि २५ गते सम्म थाइल्याण्डको फुकेटमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :