रोनाल्डोलाई बेन्चमा राखेर आलोचित बनेका फर्नान्डो सान्तोस पोल्याण्डको मुख्य प्रशिक्षकमा नियुक्त

पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

पोल्याण्डले मंगलबार सान्तोसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको बारेमा जानकारी गराएको हो ।

नियुक्ति लगतै ६८ वर्षिय सान्तोषले अब उपरान्त आफू पोलिस भएको र नयाँ टोलिको जिम्मेवारी पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

तर मोरक्कोको हातमा विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि बाहिरियो।

पोलिश फुटबल महासंघका प्रमुख सेजारी कुलेजाले सान्तोसलाई उत्कृष्ट प्रशिक्षकको संज्ञा दिदै छनौट प्रक्रिया निकै गाह्रो भएको जिकिर गरे । उनले सान्तोसलाई जर्मनीमा सन् २०२४ मा हुने युरोपियन च्याम्पियनसिपमा पोल्याण्डलाई छनौट गराउने जिम्मेवारी दिएको बताए ।

सान्तोसको नेतृत्वमा पोर्चुगलले युरो २०१६ र २०१९ मा नेसन्स् लिग जितेको थियो । तर कतारमा गत महिना सम्पन्न भएको फिफा विश्वकप २०२२ मा मोरोक्कोसँग क्वार्टरफाईनल पराजित हुँदै पोर्चुगल बाहिरिएपछि उनले पद गुमाएका थिए । उनी विश्वकपको दौरान क्रिष्टियानो रोनाल्डोलाई बेन्चमा राखेर गलत निर्णय लिएको भन्दै निकै आलोचित समेत भएका थिए ।

सान्तोसले यसअघि २०१० देखि २०१४ सम्म ग्रीसलाई सम्हालेका थिए । उनको नेतृत्वमा ग्रिस युरोको क्वार्टरफाईनल र विश्वकपमा राउण्ड अफ १६ सम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :