न्युजिल्याण्डविरुद्धको एकदिवसीय श्रृंखला क्लिनस्विप गर्दै भारत आईसीसीको शिर्ष स्थानमा उक्लियो

तेस्रो एकदिवसीय क्रिकेटमा भारतले न्यूजिल्याण्डलाई ९० रनले पराजित गरेको छ । योसँगै भारतीय टोलीले श्रृंखलामा ३–० ले क्लिन स्वीप गरेको छ ।

न्युजिल्याण्डविरुद्धको तिन खेलको श्रृंखलामा क्लिस्विप गरेसँगै भारत आईसीसीको एकदिवसीय वरियताक्रमको शिर्ष स्थानमा उक्लिएको छ । भारत टी २० तर्फपनि शिर्ष स्थानमा छ भने टेष्टमा दोस्रोमा छ ।

इंदोरकोके होलकर स्टेडियममा मंगलबार भएको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर ३८५ रनको विशाल योगफल तयार पारेको थियो ।

भारतका लागि शुभमन गिलले विष्फोटक ब्याट्गि गर्दै ७८ बलमा ११२ रनको शतकियर पारी खेलेका थिए । यस्तै कप्तान रोहित शर्माले पनि ८५ बलमा १०१ तथा हार्दिक पाण्ड्याले ३८ बलमा ५४ रनको शानदार पारी खेलेका थिए ।

न्युजिल्याण्डका लागि बलिङ्गमा जेकब डफ्फी र ब्लेयर टिक्नेरले समान ३–३ विकेट लिएका थिए ।

३८६ रनको लक्ष्यसहित जवाफि ब्याटिङ्गमा उत्रिएको न्युजिल्याण्ड भने ४१.२ ओभरमा २९५ रनको योगफलमा अलआउट हुन पुग्यो ।

उसको लागि डेभोन कोन्वेले एकसय बलमा १३८ रनको शानदार पारी खेलेपनि ६ जना ब्याट्सम्यानले दोहोरो अंंंकमा रन छुन सकेनन् । हेन्री निकोल्सले ४२, मिचेल सान्ट्नरले ३४, माइकल ब्रेसवेलले २६ र ड्यारिल मिचेलले २४ रन जोडे ।

भारतक लागि बलिङ्गमा शार्दुल ठाकुर र कुलदिप यादवले समान ३–३ विकेट लिए भने युज्वेन्द्र चाहलले २ विकेट हात पारे । यस्तै हार्दिक पाण्ड्या र उमरान मल्लिकले समान एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :