बेलारुसी खेलाडी आर्यना सावालेन्का अष्ट्रेलियन ओपन टेनिस २०२३ को सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
मेलबर्नस्थित रोड लेभर एशियमा बुधबार भएको क्वार्टरफाइनल खेलमा क्रोएसियन खेलाडी डोना भेकिचलाई २-० को सोझो सेटमा पराजित गर्दै आर्यना अन्तिम चारमा पुगेकी हुन् ।
अन्तिम चारमा पुग्ने क्रममा आर्यनाले डोनालाई ६-३ र ६-२ ले हराइन् ।
आर्यना क्यानडाकी बेलिन्डा बेन्सिचलाई पराजित अन्तिम आठमा पुगेकी थिइन् ।
अब आर्यनाले फाइनल पुग्नका लागि पोल्यान्डकी मेग्डा लिनेटको सामना गर्नेछिन् ।
लिनेट चेक रिपब्लिककी कारोलिना प्लिसकोभालाई ६-३ र ७-५ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेकी हुन् ।