नेपाली सुष्माले जितन् एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक

काठमाडौं । थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङ्गले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

नेपाली सुष्माले जितन् एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक

सुष्माले प्रतियोगिताको महिलातर्फ ४८ केजी तौलसमूहमा पहिलो पटक फाइनलमा पुग्दै इतिहास रचेकी थिइन् ।

इतिहास रच्दै फाइनलमा पुगेकी सुस्मा आज (बुधबार) भएको उपाधि भिडन्तमा उज्वेकिस्तानकी खेलाडीसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाउन बाध्य भएकी हुन्।

तर एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौलसमूहमा नेपालका लागि सुष्माले जितको रजत पदक नै ऐतिहासिक पदक हो ।

फाइनलमा सुष्मा उज्वेकिस्तान फोजिलोभा फर्जोनासँग पराजित भएकी हुन् । सुष्माले रजत जित्दा ५:० अंकको आधारमा जित हासिल गरेकी फर्जोनाले स्वर्ण पदक जितिन् ।

यसअघि सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गरेकि थिइन् । प्रतियोगितामा नेपालबाट समान ३–३ पुरुष-महिला खेलाडी गरि ६ जनाएको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :