अर्थ मन्त्रालयले बजेट रोक्का गर्दा एशियाडको तयारी अन्योलमा

लक्ष्मी शाक्य

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न शिर्षकमा छुट्याएको बजेटमा कटौती गरेको छ ।

अर्थ मन्त्रालयले खर्च कटौती तथा बजेट रोक्का गरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालय आर्थिक शाखा र राखेपलाई पत्राचार गरेको हो ।

साथै पत्रमा उल्लेखित विषयहरुमा कार्यान्वयन गर्न गराउन अनुरोध समेत गरेको छ ।

अर्थ मन्त्रालयले राखेपको बजेटमा विभिन्न शिर्षकमा छुट्याएका रकमको खर्च कटौती तथा बजेट रोक्का गरेपछि अहिले खेलकुदमा अन्योलता उत्पन्न भएको छ ।

अर्थ मन्त्रालयले एक्कासी बजेट रोक्का गरेपछि त्यसको प्रत्यक्ष प्रभाव १९ औँ एशियाली खेलकुद प्रतियोगिता (एशियाड) को तयारीमा परेको छ ।

एशियाडको तयारीको लागि बजेटमा १० करोड रुपैयाँको विनियोजन गरिएको थियो ।

तर अर्थ मन्त्रालयले उक्त शिर्षक अन्तर्गतको बजेटमा कटौती गरेपछि एशियाडको तयारीमा अन्योलता उत्पन्न भएको हो ।

केहि समयअघि राखेपमा पटक पटक बसेको हाई प्रोफाइल कमिटिको मिटिङले एशियाडको तयारी माघ महिनादेखि नै गर्नुपर्ने सुझाएको थियो ।

सोहि सुझाबको आधारमा राखेपले माघ महिनादेखि नै एशियाडको तयारी गरिने सार्वजनिक जानकारी गराएको थियो ।

तर अर्थ मन्त्रालयले खर्च कटौती तथा बजेट रोक्का गरेको पत्राचार गरेपछि राखेपले त्यसको पुष्ट्याई गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

राखेपले गरेको पुष्ट्यार्ई चित्त बुझ्दो नभएसम्म अर्थले बजेटमा रोक्का गर्र्ने राखेप स्रोतले जानकारी गराएको छ ।

सरकारले बजेट विनियोजन गरिसकेको शिर्षकमा अर्थले रोक्का गरेपछि यो बारेमा सम्बन्धित निकाय राखेपका जिम्मेवार पदाधिकारी र कर्मचारीसँग सम्पर्क गर्दा उनीहरुले यतिबेला सरकारसँग पर्याप्त मात्रामा रकम नभएका कारण खर्च कटौती र बजेट रोक्का भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :