महिला प्रीमियर लिग अन्तर्गत १५ औं खेलमा आज (शनिबार) लिगमा अपराजित टोली मुम्बई इन्डियन र युपी वारियर्सबिच प्रतिस्पर्धा हुँदैछ । ।
लगातार पाँच खेलमा जित हासिल गरेर मुम्बई प्लेअफमा पुगिसकेको छ भने युपीले अहिलेसम्म दुई खेलमा मात्र जित हासिल गर्न सफल भएको छ।
महिला लिगमा दबदबा बनाएको मुम्बई लिग चरणको अन्तिम खेलमा पनि विजयको लागि मैदानमा उत्रिने छ । त्यस्तै प्ले अफमा पुग्न संघर्ष गरिरहेको युपी पनि यो खेलमा मुम्बईलाई हराउने प्रयास गर्नेछ । युपीले अहिलेसम्म खेलेका ५ खेलमा दुईमा जित र ३ वटामा पराजित भएको छ ।
हरमनप्रीत कौरको कप्तानीमा रहेको मुम्बईले एलिसा हिलीको कप्तानीमा रहेको युपी वारियर्ससँग खेल्न लागेको हो ।
यो खेल मुम्बईको डीवाई पाटिल स्टेडियमा नेपाली समयानुसार दिउँसो ३:४५ मा शुरु हुनेछ ।