प्रेमिकासँग क्रिकेट हेर्न जाँदा भयो अन्तर्राष्ट्रिय डेब्यू

भाग्यले साथ दियो भने डोकामा दुध दोयो भने पनि अट्छ भने झैं यस्तै घटना अष्ट्रेलियाका एक क्रिकेट खेलाडीको जीवनमा घटेको थियो । उनी आफ्नी प्रेमिकाको साथमा न्युजील्याण्ड र अष्ट्रेलियाबिचको अन्तर्राष्ट्रिय क्रिकेट हेर्न रङ्गशाला गएका थिए । सोहि समयमा उनलाई अष्ट्रेलियन टोलीले बोलाएर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गराएको थियो । ति भाग्यमानी खेलाडीको नाम हो ‘ल्युक पोमर्सबेक’ ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने प्राय सबै क्रिकेट खेलाडीहरुको सपना हुन्छ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सपना देख्दै उनीहरु दिन रात मिहेनत पनि गर्छन् । त्यसपछि कति खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउँदैनन् र कतिको सपना पुरा हुन्छ, कतिको अधुरो । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यूको लागि लामो समयको प्रतिक्षा पनि गर्नुपर्छ ।

तर ‘ल्युक पोमर्सबेक’ त्यस्ता भाग्यमानी खेलाडी हुन्, जस्ले अन्तर्राष्ट्रिय क्रिकेटमा अपत्यारिलो तरिकाले डेब्यू गरेका थिए । ल्युक आफ्नी प्रेमिकासँग अन्तर्राष्ट्रिय क्रिकेट हेर्न जाँदा अष्ट्रेलियाले उनलाई टोलीमा बोलाएर डेब्यू गराएको थियो । जुन आफैमा अपत्यारिलो लाग्ने भए पनि यो कुरो सत्य हो । कुनै जानकारी नभएका ल्युकलाई खेल शुभारम्भ हुनु केहि समयअघि मात्रै अष्ट्रेलियन टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गराइएको थियो ।

कुरो सन् २००७ को हो । त्यसबेला न्यूजील्याण्डको क्रिकेट टोली अष्ट्रेलिया भ्रमणमा थियो । उक्त भ्रमणमा तीन एकदिवसिय प्रतियोगिताअघि पर्थमा एक टी २० अन्तर्राष्ट्रिय क्रिकेटको आयोजना गरिएको थियो । माइकल क्लार्कको कप्तानीमा रहेको अष्ट्रेलियन टोलीमा १२ सदस्यीय टोलीको घोषणा भइसकेको थियो । उक्त टोलीमा विकेट किपर एडम गिलक्रिस्ट सहित ६ ब्याट्सम्यान थिए । तर टस हुनु केहि समय पहिले टोलीका प्रमुख ब्याट्म्यान ब्रेड हकलाई अनफिट घोषणा गरियो । त्यसपछि टोलीमा ५ जना ब्याट्म्यान मात्र रहेका थिए ।

त्यसपछि अष्ट्रेलिया टोलीका टीम म्यानेजरले घरेलु क्रिकेट खेल्ने ‘ल्युक पोमर्सबेक’ खेल हेर्न रङ्गशाला आएको चाल पाए । त्यसपछि म्यानेजरले ल्युकलाई तुरुन्तै ड्रेसिङ्ग रुममा बोलाएका थिए । म्यानेजरले आफुलाई ड्रेसिङ्ग रुममा बोलाएको सुन्दा ल्युकलाई पहिले यो कुरा मजाग जस्तै लागेको थियो । पछि के रहेछ भनेर उनी ड्रेसिङ्ग रुममा पुग्दा सम्पूर्ण घटना सत्य भएको थाहा पाए ।

त्यतिबेला ल्युकबसँग क्रिकेटका कुनै पनि किट थिएनन् । उनले भाईलाई किट लिएर आउन अह्राए तर भाई स्टेडियम आउन ढिलो हुँदा त्यसपछि उनले अन्य खेलाडीसँग किट सापटी लिएर अन्तर्राष्ट्रिय टी २० क्रिकेटमा डेब्यू गर्न तयारी अवस्थामा बसे । सोहि समयमा कप्तान माइकल क्लार्कले टस जितेर पहिले ब्याटिङ्ग गर्ने फैसला गरे ।

आफ्नो ब्याटिङ्ग गर्ने पालो आउने नआउने अन्योलमा रहेको अवस्थामा उनले अष्ट्रेलियाको तर्फबाट छैठौं नम्बरमा ब्याटिङ्ग गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने अवसर पाएका थिए । उक्त खेलमा ल्युकले ७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाएका थिए । दुर्भाग्य, त्यसपछि ल्युकले अष्ट्रेलियाको तर्फबाट कहिल्यै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएनन् ।

American woman Zohal Hamid with her fiance Sahil Peerzada at Delhi High Court on Friday. The court on Friday quashed the FIR against the Australian player Luke Pomersbach for allegedly molesting Zohal. Photo by Parveen Negi

‘ल्युक पोमर्सबेक’ वस्टर्न अष्ट्रेलियाको लागि घरेलु क्रिकेट खेल्दै आएका छन् । टी २० हुनुभन्दा पहिले न्यूजील्याण्डले क्रिकेट अष्टे«लिया चेयरम्यान इलेवनसँग अभ्यास खेल खेलेको थियो । यो खेलमा ल्युकले पनि अष्ट्रेलिया एलेवनबाट खेल्दै ६५ बलमा ८८ रनको पारी खेलेका थिए ।

ल्युकले इन्डियन प्रिमियर लीग (आईपीएल) समेत खेलिसकेका छन् । सन् २००८ मा ल्युकले पञ्जाब किङ्गबाट आईपीएलमा डेब्यू गरेका थिए । त्यसपछि सन् २०१३ मा उनले रोयल च्यालेञ्जर्स बेङ्गलोरबाट खेलेका थिए । बेङ्गलोरबाट ७ खेल खेलेका ल्युकले ३०२ रन बनाएका थिए । सन् २०१४ देखि ल्युकले ब्यावसायिक क्रिकेट खेलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :