यौन उत्पीडनको रिपोर्ट सार्वजनिक गर्न माग गर्दै खेलाडीहरु उत्रिए बिरोध प्रदर्शनमा

भारतीय कुस्ती महासंघ (डब्लुएफआई) का अध्यक्ष बृजभूषण शरण सिंह बिरुद्धको यौन उत्पीडनको आरोपको रिपोर्ट सार्वजनिक गर्न माग गर्दै भारतका शिर्ष कुस्ती खेलाडीहरुले विरोध प्रदर्शन गरेका छन् ।

जन्तर मन्तरमा विरोध प्रदर्शन गर्ने शिर्ष कुस्ती खेलाडीहरुमा बजरङ्ग पुनिया र विनेश फोगाट समेत रहेका छन् । यी शिर्ष कुस्ती खेलाडीहरुले दिल्ली पुलिस समक्ष इफआईआर दर्ता गर्न समेत माग गरेका छन् ।

दिल्ली पुलिसले कुस्ती खेलाडीहरुको सातवटा उजुरी आफुलाई प्राप्त भएको र त्यसमा छानविन भइरहेको जनाएको छ । तर दिल्ली महिला आयोग यो मुद्दामा एफआईआर दर्ता गराउन विफल भएको छ । पुलिसले अहिलेसम्म यो मुद्दाको वारेमा एफआईआर दर्ता गर्न आनाकानी गरिरहेको छ ।

गत जनवरीमा साक्षी मलिक र रवि दहिया सहित कुस्ती खेलाडीहरुले यौन उत्पीडनको बारेमा मुद्दा उठाएर धर्ना दिएका थिए । त्यसपछि केन्द्रीय खेलकुद मन्त्री अनुराग ठाकुरसँग भएको म्याराथन छलफलपछि खेलाडीहरुले धर्ना रोकेका थिए ।

अहिले धर्नामा बसेर बिरोध गरिरहेका विश्व च्याम्पियनसिपमा पदक विजेता विनेशले प्रश्न गरेकि छिन, सरकारी समितिले तीन महिनासम्म आफ्नो रिपोर्ट बुझाउन नसकेको र अँझ कति समय लगाउने हो त्यसको कुनै ग्यारेन्टी नभएको बताएकि छिन । साथै विनेशले त्यतिबेलासम्म उजुरी दर्ता गराउने युवतीको मृत्यु भइसक्ने समेत भनेकि छिन ।

महासंघका अध्यक्षले बृजभूषण शरण सिंहले यौन उत्पीडन गरेको आरोप लगाउँदै एक नाबालिक सहित सातजना कुस्ती खेलाडीहरुले दिल्लीको कर्नाट प्लेस पुलिस कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :