मनाङ्ग मर्सयाङ्गदीद्वारा करिब ५ महिनादेखि टीम राखेको होटलको पैसा तिर्न आनाकानी

हेटौंडा । चर्चित फुटबल क्लब मनाङ्ग मर्स्याङ्गदीले बारा जिल्लाको अमलेखगञ्जमा रहेको होटल क्विक २० एण्ड रिभरसाईडको करिब पाँच महिना देखि बाँकी रहेको बिल भुक्तान नगरेको पाइएको छ ।

होटल क्विक २० का संचालक शम्भु पुडासैनीले मेरोखेल डटकमसँग करिब पाँच महिनादेखि मनाङ्ग मरस्याङ्गदी क्लबका विभिन्न पदाधिकारीसँग बाँकी रहेको एक लाख ५४ हजार ८९८ रुपैयाँ भुक्तानीका माँग गर्दा आनाकानी गरिरहेको जानकारी गराएका हुन् ।

मनाङ्ग मरस्याङ्गदी क्लबले गत पुष १९ देखि २४ गतेसम्म हेटौंडा भेन्ट्रान्सले आयोजना गरेको आठौं भेट्रान्स् कप फुटबल खेल्न जादाँ अमलेखगञ्जस्थित होटल क्विक २० मा बसेको थियो ।

संचालक पुडासेनीले आफूहरुले बिल भुक्तानीको लागि टेलिफोनमा सम्पर्क गर्दा गर्दा हैरान भएको र कुनै उपाय नलागे अब कानुनी उपचार खोज्ने बताएका छन् ।

संचालक पुडासैनीले बारम्बार आफ्नो बाँकी रहेको रकम भुक्तानीको माँग राख्दा मनाङ्गका सरोकारवादा पदाधिकारीहरले बेवास्ता गर्दै आइरहेको गुनासो ब्यक्त गरेका छन् । उनले दीपक गुरुङ्ग (मनाङ्गे) सहितको टोलि मनाङ्गबाट भेट्रान्स कप फुटबल खेल्न आएको र आफ्नो होटलमा बस्ने भएपछि विश्वासमा राखेको समेत बताए ।

पुडासैनी भन्छन्,‘दीपक मनाङ्गेसहितको मनाङ्गको टोलि होटलमा बस्न आएपछि आफूलाई पनि खुशी लागेर अरु गेस्टलाई नराखि नराखि बस्ने र खाना गरी प्रति ब्यक्ति दिनको १८ सयमा होटल दिएको थिए । तर, जाने दिन बिल गर्दा पछि तिरौला भनेपछि विश्वासको आधारमा उधारो दिएको थिए । अहिले करिब ५ महिना हुन लाग्दा पनि मनाङ्गका कुनै पनि पदाधिकारीहरुले तिर्ने छाँटकाँट नै देखाएनन् ।’

होटल क्विकले मनाङ्गको नाममा २०७९ पुष २३ गते एक लाख ५४ हजार ८९८ रुपैयाँ १४ पैसाको बिल काँटेको थियो ।

मनाङ्ग काठमाण्डौंमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा १२ खेल पश्चात १५ अंकका साथ आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :