नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलिले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले मेरोखेल डटकमसँग नेपालले आगामी जुनमा फिलिपिन्सको राष्ट्रिय फुटबल टोलिसँग एउटा मैत्रीपूर्ण खेल खेल्ने तया भएको जानकारी दिएका हुन् ।

जुनको तेस्रो सातामा भारतको ब्याङ्गलोरमा हुने साफ पुरुष च्याम्पियनसिपको तयारीका लागि नोली टोलिले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले फिलिपिन्सको मनिलामा गएर जुन १५ तारिखका दिन मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको लागि भोलि (सोमबार) दशरथ रंगशालामा २८ जना खेलाडीलाई बोलाएर रणनितिक अभ्यास गर्ने तालिका समेत रहेको छ ।

फिलिपिन्स् फिफा विश्ववरियताको १३६औं स्थानमा छ भने नेपाल १७४औं स्थानमा छ ।

च्याम्पियनसिपमा दक्षिण एशियाली राष्ट्रहरु नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भुटानको सहभागिता रहनेछ । यसबाहेक दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले यसपटक दुई राष्ट्र साउदी अरेबीयाको अण्डर २३ र मलेसियालाई आमन्त्रित सदस्यको रुपमा च्याम्पियनसिपमा सहभागिता गराउन लागेको हो ।

१४औं साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ३ तारिखसम्म संचालन हुने तालिका छ । १३औं संस्करणको च्याम्पियनसिपको उपाधि नेपाललाई हराउँदै भारतले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :