नेपाली कराँते खेलाडी दिवसले अष्ट्रेलियामा जिते स्वर्ण पदक

अष्ट्रेलिया । अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवस श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले ८४ केजिमाथिको तौल समूहमा नेपालाई स्वर्ण दिलाएका हुन ।

दिवस फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जिते । दिवसले घरेलु भुमरीमा सम्पन्न १३ औं दक्षीण एसियाली खेलकुद (साग)मा रजत जितेका थिए ।

यस्तै नेपालले थप चार कास्य पदक जितेको छ । ६७ केजि मुनिको तौल समूहमा नवीन रसाईली र राजिव पुडासैनीले कास्य जिते । नवीन १३औं सागका स्वर्ण पदक विजेता हुन भने राजिव सागका कास्य पदक विजेता खेलाडी हुन ।

६० केजि मुनिको तौल समूहमा मनिस थापा क्षेत्री कास्य जिते । महिलातर्फ ५५ केजि मुनिको तौल समूहमा मलिका थापा क्षेत्रीले कास्य जितिन । शेखर श्रेष्ठ क्वाटरफाइनलमा अस्ट्रेलियन खेलाडीसंग पराजित भए ।

सुशील पौडेल भने स्वास्थ्य समस्याका कारण खेलमा उपस्थित हुन नसकेको १३औं सागका दोहोर स्वर्णधारी विजेता तथा प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :