वर्ल्ड पारा तेक्वान्दोमा ऐतिहासिक स्वर्ण पदक दिलाएकी घिसिङ्ग र प्रशिक्षक लामा नगदसहित सम्मानित

काठमाण्डौं । वर्ल्ड पारा तेक्वान्दो ग्राण्ड प्रिक्स फाईनल जि १० प्रतियोगितामा ऐतिहासिक स्वर्णपदक दिलाएकी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् ।

घिसिङ्ग र लामालाई युवा तथा खेलकुदमन्त्री नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सम्मान गरेका हुन् ।

नेपाल तेक्वान्दो संघले आईतबार मन्त्री लिम्बुको निम्ति स्वागत तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा मन्त्री लिम्बुले नेपाल तेक्वान्दो संघको तर्फबाट घिसिङ्ग र लामालाई नगदसहित सम्मान गरेका हुन् ।

खेलकुद मन्त्रीले सिर्जनालाई १ लाख तथा प्रशिक्षक लामालाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

गत वर्ष मंसिर २२ गते देखि २४ गते सम्म साउदी अरेवीयाको रियादमा सम्पन्न भएको रियाद २०२२ वर्ल्ड पारा तेक्वान्दो ग्राण्ड प्रिक्स फाईनल जि १० प्रतियोगितामा विश्व वरियतामा रहेका खेलाडीहरु पहिलो फाईटमा मेक्सिकोका खेलाडीलाई हराउदै सेमिफाईनमा ब्रजिलका खेलाडी र फाईनलमा टर्कीका खेलाडीलाई हराउदै सिर्जनाले एतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

सिर्जनाले एशियाली यूथ पारा खेलकुद २०२१ बहराईन र २०२२ इरानमा सम्पन्न भएको चौथौ डब्लु.टि प्रेसिडेन्ट्स कप एशियन रिजनमा रजत पदक जितेकी थिइन् ।

सृजना घिसिङ्ग, पलेशा गोवर्धन, राम बहादुर अधिकारी, अमिर ब्लोन र लोकराज शाहीले आगामी चिनमा हुने हांग्जाउ २०२२ एशियन पारा गेम्स र फ्रान्समा हुने पेरिस २०२४ पारा ओलम्पिक गेम्सको लागि दैनिक प्रशिक्षण गरिरहेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।

कार्यक्रममा उपस्थित भएर बोल्ने क्रममा मन्त्री लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नुपर्ने बताए । उनले अधिकारका लागि सबैले एक जुट भएर लड्नु पर्ने बताउदै सत्यका लागि आफूले सधै साथ दिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :