मास्टर ब्लास्टर सचिनद्वारा नक्कली विज्ञापनको बारेमा प्रहरीमा उजुरी दर्ता

विश्व चर्चित क्रिकेटर सचिन तेन्डुल्करले नक्कली विज्ञापनको रोष प्रकट गर्दै मुम्बई पुलिसमा उजुरी दर्ता गराएका छन् ।

सचिनले मुम्बई पुलिसको क्राइम ब्रान्चमा दर्ता गरेको उक्त उजुरीमा आईपीसीका विभिन्न धारा उल्लेख गरेका छन् । साथै सचिनले उजुरी सम्बन्धमा एक ट्वीट गर्दै सबैलाई सावधान हुन अनुरोध गरेका छन् ।

मास्टर ब्लास्टर सचिनले विभिन्न विज्ञापनमा उनको आवाज, फोटो र नामको प्रयोग गरेको प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख गरेका छन् । सचिनको यस्तो उजुरी आएपछि तुरुन्तै मुम्बई पुलिसले एफआईआर दर्ता गरेको थियो ।

यस्तो सबै कार्य इन्टरनेटको माध्यमवाट भइरहेको खुलासा भएपछि मुम्बई पुलिसको साइबर सेलले अज्ञात व्यक्तिको विरुद्धमा आईपीसीको धारा ४२६, ४६५ र ५०० अनुसार कारवाहि अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :