आईपीएलको पहिलो एलिमिनेटरमा आज लखनउ र मुम्बई भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (बुधबार) एलिमिनेटर खेल लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डियन्सबीच हुँदैछ ।

खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम चेपोकामा साँझ ७ः४५ बजेबाट शुरु हुनेछ । अहिलेसम्म आईपीएलमा यी दुई टोलि तिनपटक आमने–सामने भएका छन् जसमा सबै खेल लखनउले जितेको छ ।

आजको एलिमिनेटरको विजेताले फाईनलसम्म पुग्न थप एक खेल खेल्नुपर्ने हुन्छ भने पराजित हुने टोलिको आईपीएल यात्रा समाप्त हुनेछ । तसर्थ आज लखनउ र मुम्बईबिचकाृ खेल निकै रोमाञ्चक हुने देखिन्छ ।

लखनउ लगातार दोस्रो पटक आईपीएल प्लेअफमा प्रवेश गरेको छ । लखनउ गत सिजन पनि छनोट भएको थियो । गत संस्करणको आईपीएलको एलिमिनेटरमा लखनउ रोय च्यालेञ्जर्स ब्याङ्गलोरसँग पराजित भएको थियो ।

लखनउसँग सबै किसिमका ब्याट्सम्यानहरू छन् । निकोलस पूरन १७४ को प्रभावशाली स्ट्राइक रेटका साथ जबरदस्त हिटिङ्ग फर्ममा छन् । योसँगै रवि बिश्नोई बलिङ्गमा उत्कृष्ट लयमा छन् ।

समूह चरणको अन्तिम खेलमा हैदरावादविरुद्ध मुम्बई इण्डियन्सले शानदार ब्याटिङ्ग गर्दै खेल जित्नका लागि २०० रनको लक्ष्य पछ्याएको थियो । उनीहरुको ब्याटिङ लाइनअप उत्कृष्ट लयमा छ । यो सिजन मुम्बईका लागि सूर्यकुमार यादव र क्यामरुन ग्रिन दुवैले शतक प्रहार गरेका छन् । योसँगै टोलीको बलिङ्ग पनि उत्कृष्ट रहेको छ । पछिल्लो खेलमा आकाश मधवालले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट पनि लिएका थिए ।

दुवै टोलीको हेड टु हेडमा मुम्बईमाथि लखनउ भारी छ । आईपीएलको इतिहासमा अहिलेसम्म मुम्बई इन्डियन्सले लखनउ सुपरजायन्ट्सलाई हराउन सकेको छैन ।

यस संस्करणमा पनि लखनउले लिग चरणको खेलमा मुम्बईमाथि जित निकोलेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :