काठमाण्डौं । बाकु २०२३ वल्र्ड तेक्वान्दो प्रतियोगितामा सहभागि हुन अजरवैजान जाने नेपाली राष्ट्रिय तेक्वान्दो टोलिलाई बिदाई गरिएको छ ।
सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार राष्ट्रिय तेक्वान्दो टोलिका खेलाडीहरु र प्रशिक्षकलाई मन्त्री डिगबहादुर लिम्बुले खादा मालासहित शुभकामना दिदै बिदाई गरेका हुन् ।
सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो टिमका खेलाडीहरुमा पुरुष तर्फ वीर बहादुर महरा (–६८ केजी), निरज देउबा (–८७ केजी), गोविन्द बहादुर आले (–६३ केजी) र सुमित विष्ट (–५४ केजी) रहेका छन् ।
यस्तै महिला तर्फ इन्दिरा बस्नेत (–६७ केजी), आयशा लामा (–५३ केजी) काजल श्रेष्ठ (–४९ केजी) र युनिशा राई (–४६ केजी) रहेकी छिन् ।
प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावल रहेका छन् । विदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, महाुसचिब दिपराज गुरुङ्ग र केन्द्रीय सदस्य कुमार लामा घिसिङ्ग लगायतको उपस्थिति रहेको थियो ।
अजरवैजनानको बाकुमा हुने च्याम्पियनसिप जेठ १५ देखि २१ सम्म संचालन हुने नेपाल तेक्वान्दो संघले जनाएको छ ।