लिगमा आज दुई खेल, शिर्ष स्थानको चर्च बोइजले मनाङ्गसँग खेल्दै

काठमाण्डौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहिबार) दुई खेलहरु हुँदैछन् ।

लिग अन्तर्गत आज हुने दुई खेलमध्ये एउटा च्यासल मैदानमा र अर्काे एन्फा मुख्यालयको मैदानमा हुनेछ । दु्बै खेल एकसाथ दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

च्यासलस्थित च्यासल मैदानमा चर्च बोइज युनाइटेड र मनाङ्ग मर्स्याङ्गदी क्लब आमने–सामने हुनेछन् । आजको खेलमा अंकतालिकाको शिर्ष स्थानमा रहेको चर्च बोइज सामु दोस्रो स्थानमा रहेको मछिन्द« क्लबसँगको अंकदूरी बढाउने मौका हुनेछ ।

चर्च बोइजको २० खेलमा ३७ अंक छ भने मछिन्द«को २१ खेलमा ३५ अंक छ ।

यता खराब लयमा रहेको मनाङ्ग पनि आजको खेलमा चर्च बोइजलाई हराउँदै आफूलाई अंकतालिकाको मध्यभागतर्फ लिएर जाने दाउमा हुनेछ । मनाङ्ग २० खेलमा २४ अंकका साथ ११औं स्थानमा छ । लगातार हारको सामना गरिरहेको मनाङ्ग रेलिगेशनको खतरामा समेत हुन सक्छ ।

आजै सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुने खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।

आजको खेलमा फ्रेण्ड्समाथि जित निकाल्दै सातदोबाटो चौथो स्थानलाई यथावत राख्न चाहन्छ । चौथों स्थानमा रहेको सातदोबाटोको २० खेलमा २९ अंक छ ।

अर्काेतर्फ रेलिगेशन जोनमा रहेको फ्रेण्ड्स पनि आजको खेल कुनै पनि हालतमा जित्दै माथि उक्लने दाउमा रहनेछ । फ्रेण्ड्स २० खेलमा २१ अंकका साथ १३औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :