साढे तीन ओभरमा ५ रन दिदै ५ विकेट लिएर आकाशले बनाए आईपीएलमा कीर्तिमान

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियनका आकाश मधवालले एलिमिनेटर राउण्डमा ५ विकेट लिएर किर्तिमान कायम गरेका छन् ।

मधवालले लखनउ सुपर जाइन्टबिरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ३.५ ओभरमा ५ रन दिदै आफ्नो नाममा किर्तिमान बनाएका हुन् ।

उत्तराखण्ड रुड्किका मधवाल भारतीय क्रिकेटका टोली चर्चित खेलाडी ऋषभ पन्तका छिमेकि हुन् । पहिलो पटक आईपीएलमा डेब्यू गरेका २९ वर्षिय मधवालले पहिलो पटक ३ मेमा पञ्जावबिरुद्ध पहिलो आईपीएल खेल खेलका थिए ।

आईपीएल २०२३ मा सात खेलेका मधवालले कुल १३ विकेट लिएका छन् । उनले यसभन्दा अघि लिग खेलमा राजस्थान रोयलबिरुद्धको खेलमा ४ विकेट लिएर मुम्बईलाई जित दिलाउन अहम भूमिका निभाएका थिए । मधवाल अहिलेसम्म फस्ट क्लास र टी२० गरि ६७ विकेट लिइसकेका छन् ।

आकाश मधवाल आईपीएलमा प्ले अफमा खेलमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् । यसभन्दाअघि सन् २०१० मा चेन्नई सुपर किङ्सका डग बोलिन्जरले डेक्कन चार्जर्सको लागि प्लेअफमा १३ रन दिएर ४ विकेट लिएका थिए । जुन अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन थियो ।

त्यस्तै यसअघि सन् २०२० मा मुम्बईका जसप्रीत बुमराहले दिल्ली क्यापिटल्सविरुद्ध १४ रन दिएर चार विकेट लिएका थिए । यसैगरि धवल कुलकर्णीले सन २०१६ मा रोयल च्यालेञ्जलर बेङ्गलोरबिरुद्ध १४ रन दिएर चार विकेट लिएका थिए ।

आईपीएलमा आकाश मधवाल भन्दा अघि लिग खेलमा अनिल कुम्बलेले ५ रन दिएर ५ विकेट लिएका थिए । कुम्बले राजस्थान रोयलबिरुद्ध यस्तो किर्तिमान कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :