ओलम्पियन संघको पुर्नमिलन र सम्मान कार्यक्रम पोखरामा

काठमाण्डौं । नेपाल ओलम्पियनहरुको छाता सङ्गठन नेपाल ओलम्पियन संघले पोखरामा दोश्रो ओलम्पियन पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कुराको जानकारी संघका महासचिव राजेन्द्र भण्डारीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

पोखरा महानगरपालिको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको संयोजनमा जेठ १९ देखि २१ गतेसम्म पुर्नमिलन तथा सम्मान कार्यक्रम आयोजना हुनेछ ।

संघले यसभन्दाअघि राजधानी काठमाण्डौंमा पहिलो पटक ओलम्पिक पुर्नमिलन तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

संघको कार्यक्रम अनुसार जेठ २० गते बिहान प्रभातफेरी र साँझ गण्डकि प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यमा पुर्नमिलन तथा सम्मान कार्यक्रम हुनेछ । त्यस्तै जेठ २१ गते गण्डकि प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरुसँग ओलम्पियनहरुको अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिता जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :