एभरेष्ट र बुढानिलकण्ठ अन्तर विद्यालय टेबलटेनिसको फाइनलमा

विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबलटेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रा तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुल फाइनलमा पुगेको छ ।

एभरेष्ट स्कुलका सुशान्त मेहताले सगरमाथाका सोनु महतोलाइ ३–१ सेट अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा पुगेको हो । त्यसैगरी बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठले जेसी बाल सदनका रिशित साहलाइ ३–१ सेटले पराजित गर्दै बुढानिलकण्ड फाइनल यात्रा सुरक्षित गरेको छ ।

जुनियर छात्रा तर्फ सेन्ट मेरिज स्कुलको पूर्ण दबदबा रह्यो । सेमिफाइनलमा सेन्ट मेरिजका आर्नवी भट्टराई, स्वीकृति भट्टराई, अपाला साह र बिज्ञता थापा सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार सब–जुनियर छात्र र सब–जुनियर छात्रा सिङल्स तर्फका खेलहरु हुने मिल्स फार्क क्लबका अध्यक्ष धनकुमार लामाले जानकारी दिए ।

खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगरका दुई दर्जन विद्यालयबाट सय भन्दा बढी खेलाडी विद्यार्थीहरुको सहभागि रहेको छ । प्रतियोगिताको उद्घाटन विराटनगर १६ का वडाअध्यक्ष उद्धब कुमार भुजेलले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :