काठमाण्डौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठसहित अन्य पदाधिकारीहरुले आज (आईतबार) मन्त्रालयमा मन्त्री लिम्बुलाई भेटेर खेलाडीको समस्या समाधानको लागि ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
१९ औं एशियाली खेलकुदका लागि नेपालको तयारी, खेलाडीहरुको वृत्ती विकास तथा रोजगारीको सुनिश्चितता, खेलाडीहरुको संरक्षण, घोषित पुरस्कार रकम तत्कालै उपलब्ध गराउन तथा खेलाडी कल्याणकारी कोषको २० लाखबाट रकम वृद्धि लगायतका बँदाहरु घसंले मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यस्तै खेलाडीहरुको व्यवसायिकतामा ठोस कदम नचालिएको तथा आउने दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न निकै कठिनाई हुने कुरा समेत पत्रमा उल्लेख गरिएको छ।
ध्यानाकर्षण पत्र:






