काठमाण्डौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आठ पटकको मनाङ्ग मर्स्याङ्गदी क्लबले छैठौं जित हासिल गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आईतबार भएको खेलमा मनाङ्ग थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मनाङ्गको जितका लागि चेतन कुमार थारुले निर्णायक गोल गरेका हुन् ।
उनले खेलको पहिलो हाफको ३८ औं मिनटमा गोल गरे ।
यस जितसँगै खराब लयमा रहेको मनाङ्गले २२ खेलबाट २८ अंक जोडेको छ ।
यता पराजित थ्री स्टारको समान खेलमा २६ अंक रहेको छ ।
यस जितसँगै २२ खेलबाट २८ अंक जोडेको मनाङ्ग दशौं स्थानका उक्लिएको छ ।
यता मसान खेलमा २६ अंक रहेको थ्री स्टार ११ औं स्थानमा रहेको छ ।




