कुस्ती खेलाडी सिंहलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने अडान कायमै

ओलम्पिक कास्य पदक विजेता बजरङ्ग पुनियाको नेतृत्वमा शिर्ष कुस्ती खेलाडीहरुले खेलकुदमन्त्री अनुराग ठाकुरका साथ आज बुधवार वार्ता गरेका छन् ।

कुस्ती खेलाडीहरुले खेलकुदमन्त्री अनुराग ठाकुरको निवासमा बार्ता गरेका हुन् । वार्ताका क्रममा खेलाडीहरुले भारतीय कुस्ती महासंघका निवर्तमान अध्यक्ष बृजभूषण शरण सिंहलाई गिरफ्तार गर्नुपर्ने माग राखेका थिए ।

खेलाडीहरुले गरेको आन्दोलन चर्किदै गएपछि मन्त्री ठाकुरले बार्तावाटै समस्या समाधान गर्न पहल गरेका छन् । तर खेलाडीहरुले यौन उत्पीडनको आरोप लागेका सिंहलाई पक्राउ गरेर कारवाहि गर्नुपर्ने अडानमा कायम छन् ।

निवर्तमान अध्यक्ष सिंहमाथि एक नाबालिका सहित सात महिला कुस्ती खेलाडीहरुमाथि यौन उत्पीडन गरेको आरोप लागेको छ ।

भारतीय जनता पार्टीका सांसद समेत रहेका सिंहमाथि एफआरआई दर्ता भएपनि अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :