डब्लुडब्लुईमा बर्षौंदेखि दबदबा बनाइरहेकि महिला रेश्लर रोन्डा राउजीले आफ्नो प्रतिभाले मात्र नभई कमाईको हिसावले पनि अहिले चर्चाको शिखरमा छिन् ।
सन् १९८७ मा जन्मिएकि रोन्डा प्रोफेशनल रेश्लरमा आउनुअघि मार्शल आर्ट्स जुडोकि अन्तर्राष्ट्रिय खेलाडी थिइन् ।
रोन्डा जुडो खेलमा ओलम्पिकमा पदक जित्ने पहिलो अमेरिकि महिला खेलाडी समेत हुन् । उनले २००८ को बेइजिङ्ग ओलम्पिकमा रजत पदक जितेकि थिइन् ।

त्यस्तै रोन्डा युएफसी ‘हल अफ फेम’ मा स्थान बनाउने पहिलो महिला खेलाडी समेत हुन् ।
रोन्डाले डब्लुडब्लुईमा तीन पटक वल्र्ड च्याम्पियनसिपको उपाधि जितेर सनसनी फैलाएकि छिन् । साथै रोन्डा युएफसी र डब्लुडब्लुईको उपाधि जित्ने पहिलो महिला समेत बनेकि छिन् । अहिलेसम्म यी दुवै उपाधि कुनै पनि महिलाले जित्न सकेका छैनन् ।
सन् २०१५ मा गरिएको एक सर्वेक्षणले रोन्डालाई बेस्ट फिमेल एथलिट अफ द टाइमको रुपमा समेत चुनिएकि थिइन्।

रोन्डाले आफ्नो ख्याती कमाउने क्रममा फ्यूरियस ७, द एक्सपेन्डेबल्स ३ र माइल २२ जस्ता हलिउडका चर्चित सिनेमा समेत काम गरि सकेकि छिन् ।
इन्टरनेटमा प्राप्त जानकारी अनुसार रोन्डाको नेट वर्थ १४ मिलियन अमेरिकी डलर रहेको छ ।
