यतिबेला चर्चाको शिखरमा छिन्, २३ वर्षकी ओल्गा केरमोना । हालै अष्टे«लिया र न्युजिल्यडमा संयुक्तरुपमा आयोजना भएको महिला विश्वकप २०२३ मा उत्कृष्ट प्रदर्शन गरेर उनी चर्चाको शिखरमा पुगेकि हुन् ।
स्पेन महिला फुटबल टोलीकि स्टार फुटबलर ओल्गाले विश्वकपको सेमिफाइनल र फाइनलमा गरेको निर्णायक गोलका कारण उनी यतिबेला महिला फुटबलकि नायिका बन्न पुगेकि हुन् ।
स्पेनको महिला राष्ट्रिय फुटबल टोलीको लेफ्ट साइडबाट खेल्ने ओल्गाले विश्वकपको नवौं संस्करणमा पहिलो पटक स्पेनलाई फाइनलमा पुर्याउन र उपाधि दिलाउन जुन किसिमको उत्कृष्ट प्रदर्शन गरिन्, त्यो अहिले आम फुटबल प्रेमिहरुको लागि अविष्मणिय बन्न पुगेको छ ।

स्पेनलाई पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि दिलाउन ओल्गाले इङ्गल्याण्डविरुद्ध निर्णायक गोल गरेकि थिइन् । यहि गोलका कारण उनी रातारात महिला फुटबलकि महारानी बन्न पुगिन् ।
ओल्गाले फाइनल खेलको २९ औं मिनटमा दर्शनिय गोल गरेकि थिइन्। उनले फाइनल खेलमा पहिलो अर्थात् निर्णायक गोल गरेपछि खुशी मनाउने क्रममा जर्सी उठाएर सेलिब्रेसन गरेको दृष्य त्यतिवेला र अहिले पनि भाइरल बनेको छ । साथै ओल्गाले भित्र लगाएको स्पोर्ट्स सर्टमा मेर्ची लेखिएको थियो । जुन उनको पूर्व स्कुलको नाम हो ।
ओल्गा यो विश्वकपमा सन् २०१५ पछि कार्ली लायडपछि सेमिफाइनल र फाइनलमा गोल गर्ने स्पेनकि पहिलो खेलाडी समेत बनेकि छिन् । ओल्गाले सेमिफाइनलमा स्वीडेनविरुद्ध ८९ औं मिनटमा निर्णायक गोल गरेकि थिइन्।

ओल्गाले सेमिफाइनलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण फाइनल अघि नै विश्वव्यापी रुपमा लोकप्रिय बनिसकेकि थिइन् । सेमिफाइनलमा गरेको निर्णायक गोलका कारण उनको फ्यान फोलिङ्गमा निकै बृद्धि भएको थियो ।
ओल्गा फुटबलसङ्गै समुन्द्रको किनारामा रमाउन निकै मन पराउँछिन् । उनी समुद्रको लहरहरुसङ्ग खेल्न निकै मन पराउँछिन् । जुन कुरो उनको इंस्टाग्राममा राखेको तस्वीरबाट पनि थाहा पाउन सकिन्छ ।

ओल्गाको व्यक्तिगत कुरा गर्ने हो भने उनी अहिलेसम्म सिङ्गल नै छिन् । उनले अहिलेसम्म ब्वाईफ्रेन्ड बनाएकि छैनिन् । साथै अहिलेसम्म कुनै केटा साथीसङ्ग डेट पनि गरेकि छैनिन् । उनी अहिलेसम्म आफ्नै परिवार र साथीहरुसङ्ग रमाउँदै आएकि छिन् ।
ओल्गाका दुई भाई फ्रान्सिस्को र थोमस छन् । उनीहरु पनि फुटबल खेलाडी हुन् ।
