युडब्लुडब्लुद्वारा भारतीय कुस्ती महासंघको सदस्यता खारेज

भारतीय कुस्ती महासंघको सदस्यता खारेज गरिएको छ । युनाइटेड वल्र्ड रेसलिङ फेडेरेशनले भारतीय कुस्ती संघको सदस्यता खारेज गरेको हो । भारतीय कुस्ती संघमा देखिएको विवादका कारण युडब्लुडब्लुले सदस्यता खारेज गर्ने धम्कि दिएको थियो ।

युनाइटेड वल्र्ड रेसलिङले भारतीय कुस्ती संघको निर्वाचनमा ढिलो गरेका कारण यस्तो फैसला गरेको हो । गत मे को अन्त्यमा युडब्लुडब्लुले निर्वाचनको बारेमा कुनै पनि जानकारी नदिएका कारण भारतीय कुस्ती संघलाई निलम्बित गर्ने धम्कि दिएको थियो ।

१२ अगस्तमा भारतीय कुस्ती महासंघको निर्वाचन हुने कार्यक्रम थियो । तर त्यसको ठिक एक दिन पहिले अर्थात ११ अगस्तमा पञ्जाब हरियाणा हाईकोर्टले निर्वाचनमा रोक लगाएको थियो ।

युनाइटेड वल्र्ड रेश्लिङका अनुसार भारतीय कुस्ती संघको निर्वाचन ४५ दिनभित्र हुनुपर्ने थियो । तर तीन महिनासम्म पनि निर्वाचन नभए पछि युडब्लुडब्लुले भारतीय कुस्ती संघको सदस्यता खारेज गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :