विश्व खेल जगतमा हजारौं यस्ता खेलाडी छन्, जस्को खेलको साथसाथै सुन्दरताको पनि त्यति नै चर्चा हुन्छ । यस्तोमा गल्फ खेलमा यस्तो सुन्दरी खेलाडी छिन्, जस्को चर्चा अहिले विश्वभरि भइरहेको छ । उनी हुन्, अन्तर्राष्ट्रिय व्यावसायिक गल्फ महिला खेलाडी ‘ग्रेस चेरिस’।

ग्रेस चेरिस अमेरिकन व्यवसायिक गल्फ खेलाडी हुन् । उनले बाल्यकालदेखि नै गल्फ खेल्न थालेकि थिइन् । सानै उमेरदेखि गल्फ खेलप्रतिको लगावका कारण उनले छोटो समयमै सफलता हासिल गर्दै गल्फको व्यवसायिक खेलाडी बन्न सफल भएकि हुन्।
ग्रेस चेरिसको गल्फ खेल्दा उनको उत्कृष्ट खेलको जति चर्चा हुन्छ, त्यत्ति नै चर्चा उनको सुन्दरताको हुने गरेको छ । गल्फ कोर्समा उत्रिदा उनीप्रति आँखा नलाउने प्राय कमै खेलाडी हुन्छन् । त्यसैले गल्फ कोर्समा उनको हटनेसको सधैं चर्चा हुँदै आएको छ ।

चेरिस खेलाडीका साथ साथै स्टार मोडल पनि हुन् । उनले मोडलिङ्ग दुनियामा पनि आफुलाई सफल सावित गरिसकेकि छिन् । यहि सुन्दरताले गर्दा चेरिसले सामाजिक संजालमा उनका लाखौं फ्यान बनाउन सफल भएकी छिन् ।
चेरिस साँच्चिकै हट भएको कुरामा कुनै शंका छैन । उनको हटनेसले गर्दा नै विश्वभरिका प्रशंसक उनको दिवाना बनेका हुन् । उनको सेक्सी फिगरको अहिले विश्वभरि चर्चा गरिन्छ ।
