पूर्व डब्लुडब्लुई च्याम्पियन ब्रे वायटको ३६ वर्षको उमेरमा निधन भएको छ । उक्त कुराको जानकारी चीप कन्टेन्ट अधिकारी पाल लेवेस्कले शोसल मिडिया मार्फत गराएका हुन्।
ट्रीपल एचले ट्वीटरमा लेखेका छन्, भरखरै डब्लुडब्लुई हल अफ फेमर माइक रोन्टुडाको फोन आएको र उनले दुःखद खवरको दिएको बताउँदै डब्लुडब्लुई परिवारको सदस्य वायटको निधन भएको बताएका थिए ।

वायटको बास्तविक नाम विन्डह्याम रोन्टुडा हो । गम्भिर विरामीका कारण गत फेब्रेअरीदेखि वायटको नाम डब्लुडब्लुईबाट हटाइएको थियो । वायटको परिवारमा उनकि पत्नी जोजो अफरम्यान र दुई बच्चा छन्।
वायटले सन २००९ मा डब्लुडब्लुईमा अनुवन्धित भएका थिए । उनले डब्लुडब्लुईमा द व्याट परिवारवाट आफ्नो करिअर शुरु गरेका थिए ।