उनी भन्छिन् ‘संघर्षविना प्राप्त हुने पुरस्कारले कुनै महत्व राख्दैन । उनी शाहस, धैर्य, त्याग समर्पण, विश्वास भएकि पोलियो ग्रस्त, खुट्टामा व्रासेस लगाएर हिड्न प्रयास गर्ने तर हिड्डुल गर्न नसक्ने, डाक्टरले उनलाई बाँचुन्जेल राम्रोसङ्ग हिड्डुल गर्न नसक्ने भनि घोषणा गरेका । तर उनी संसारकै छिटो दौडने महिला बन्ने संकल्प बोकेर हिडेकि ‘विल्मा रुडोल्फन’ थिइन् ।
उनी अमेरिकाको टेनेसी राज्यको एक गरिव परिवारमा सन् १९४० मा जन्मिएकि थिइन् । उनी चार वर्षको छँदा डबल निमोनिया र कालाज्वरले ग्रस्त भइन् । उनलाई हिड्डुल गर्न ब्रोसको साहारा लिनुपर्ने भयो । डाक्टर उनी कहिल्यै आफ्नो खुट्टाले राम्रोगरि हिड्डुल गर्न नसक्ने बताएका थिए ।
डाक्टरको कुरा सुनेर उनी धेरै रोइन् । तर उनलाई उनीकि आमाले हौसला दिइरहिन् । रुदै उनले भनिन् ‘म संसारकै छिटो दौडने खेलाडी बन्न चाहन्छु ।’ उनको अदम्य शाहशिलो कुरा सुनेर आमाले भनिन् ‘भगवानले तिमीलाई शक्ति दिएका छन्, त्यो शक्तिले एक दिन तिमीलाई उचाईमा अवश्य पुर्याउने छ।’
त्यसपछि उनले फिजियोथेरापिस्ट, अर्का चिकत्सक, घरपरिवारको हिम्मत, शाहसबाट १२ वर्षको उमेरमा ब्रेसको प्रयोग गर्न छोडेर आफ्नो खुट्टाले हिड्डुल गर्न सक्ने भइन्। १३ वर्षको उमेरमा उनले पहिलो पल्ट दौड प्रतियोगिामा भाग लिइन् । त्यस प्रतियोगितामा उनी अन्तिम भइन्। तर उनले हिम्मत हारिनन् । गलत्तै अर्को प्रतियोगितामा भाग लिइन् । त्यस प्रतियोगितामा पनि उनी पाँचौं भइन् । त्यसपछि अर्को, अर्को, अर्को प्रतियोगितामा भाग लिदै उनी प्रथमसम्म भइन् । उनी बास्केटबल पनि तिब्र गतिमा खेल्थिन् ।

सकारात्मक सोच, अदम्य शाहस, दृढ संकल्प र अटुट विश्वासकि धनी थिइन्। विल्मा रुडोल्फ । १७ वर्षको उमेरमा उनी टेनेसी विश्वविद्यालयमा भर्ना भइन् । त्यहाँ उनले एथलेटिक्स प्रशिक्षक इड टेम्पललाई भेटेर ‘म संसारको तेज गतिमा दौडिने महिला बन्न चाहन्छु भनिन् । उनको चाहना सुनेर प्रशिक्षक टेम्पलले भने ‘यदि तिम्रो दौड जित्ने तीब्र इच्छा छ भने कसैले तिमीलाई रोक्न सक्तैन । म पनि तिम्रो इच्छा पुरा गर्न राम्ररी प्रशिक्षण सिकाउँछु।’
त्यसपछि मेलवर्न ओलम्पिक (१९५६) को अमेरिकि छनौट प्रतियोगितामा एड टेम्पलले विल्मालाई पनि सहभागि गर्न स्वीकृत दिए । विल्मा १०० मिटर दौडका लागि अमेरिकि टीमबाट सहभागि हुने भइन् । मेलवर्न ओलम्पिकमा दौडिन पाउने कुराले उनी अत्यन्तै खुशी भइन् । उनलाई लाग्यो, म अब छिटै संसारकै छिटो दौडिने महिला खेलाडी बन्ने छु।’
तर उनी मेलवर्न ओलम्पिक १०० मिटर दौडमा केहि पनि भइनन् । तर ४०० गुणा १०० मिटर रिलेमा काँश्य पदक जितिन् । उनले हिम्मत हारिनन् । झन कडा प्रशिक्षण गरेर सन् १९६० को रोम ओलम्पिक (२५ अगस्ट देखि ११ सेप्टेम्बर) मा पुनः अमेरिकि टोलीबाट भाग लिने अवसर पाइन् ।
रोम ओलम्पिकमा उनले १०० मिटर दौडमा स्वर्ण पदक जितिन् । सन् १९२८, १९३६,१९४८, १९५२ र १९५६को ओलम्पिकमा १०० मिटर दौडमा कायम भएको सवै रिकर्ड तोडर नयाँ ११,०० सेकेण्डको रिकर्ड कायम गरिन । यस अर्थमा उनी विश्वकै सवैभन्दा छिटो दौडिने खेलाडी बनिन्।
सोहि ओलम्पिकमा उनले २०० मिटर दौड२४ सेकेण्डमा पुरा गर्दै दोश्रो स्वर्ण पदक जितिन् । त्यसैगरि उनको टीमले ४०० मिटर रिले दौडमा पनि स्वर्ण पदक जित्यो । ४०० मिटर रिले दौडमा स्वर्ण पदक जिताउन उनले अदम्य शाहस देखाइन् ।

यसरी एउटै ओलम्पिकका एथलेटिक्स खेलमा तीन, तीनवटा स्वर्ण पदक जित्ने विल्मा जि रुडोल्फ नै प्रथम महिला खेलाडी भइन् । उनको उपलब्धिलाई सलाम गर्दै इटालियन प्रेसले ‘द ब्लाक पर्ल’ द फ्रेञ्च पत्रिकाले ‘द ब्लाक ग्याजेलि’ र रसियन प्रेसले ‘द क्वीन अफ द ओलम्पिक गेम्स अर्थात्, ओलम्पिककि रानी भनेर घोषित गर्यो ।
अमेरिकामा उनको राजकिय सम्मान भयो । युरोप भरिमा पनि उनको ठूलो स्वागत सम्मान गरिएको थियो । उनी दर्शकहरु माझ धेरै लोकप्रिय भइन् । त्यसैगरि पत्रकारहरुले पनि उनलाई मन पाराएर रोल मोडल गर्लका रुपमा प्रस्तुत गर्दथे ।
ओलम्पिक गेम्सको सफलतापछि सन् १९६१ मा एम्योचर एथलेटिक्स युनियनले सिल्भियन अवार्डवाट सम्मान गर्यो । महिला खेलाडीलाई प्रेरित गर्न सिकागो युथ फाउण्डेशनको सहायक निर्देशक भइन् । उनले महिलाहरुलाई खेलकुदमा लागेर इज्जत, मान सम्मान, कमाउन प्रेरित गर्दै रहिन् ।
सन् १९७४ मा उनको सम्मान गर्दै नेशनल ट्रयाक एण्ड फिल्ड ‘हल अफ फेम’ घोषित गरियो । यसैगरि १९८० मा अन्तर्राष्ट्रिय स्पोट्र्स ‘अल अफ फेम’ र १९८३ मा युएस ओलम्पिक ‘हल अफ फेम’ बाट सम्मान गरियो । (अल अफ फेम एक इज्जत हो–जुन प्रशिद्ध खेलाडी, सिने कलाकार, पत्रकार, संगितकार, साहित्यकार आदिलाई प्रदान गरिन्छ ।

विल्माको संघर्षमय जिवनीवाट हामीले सिक्ने भनेको सधैं सकारात्मक सोचाई राख्नु पर्छ । आफुभित्र अटल विश्वास हुनुपर्छ । उच्च संकल्प राख्नुपर्छ । उनको मृत्यु ५४ बर्षको उमेरमा अर्थात सन १९९४ मा ब्रेन क्यान्सरबाट भएको थियो । उनको ‘विल्मा’ नाम गरेको जीवनी परक पुस्तक पनि प्रकाशित भएको छ ।
हुलाक टीकट पनि प्रकाशित गरिएको छ। साथै उनको पूर्ण कदको स्ट्याचु पनि निर्माण भएको छ । उनी सम्पूर्ण खेल जगतका लागि एक रोल मोडल हुन । जब जब रोम ओलम्पिक गेम्सको चर्चा हुन्छ तब तब तीन तीनवटा स्वर्ण पदक जित्ने, १०० मिटरको रिकर्ड ब्रेक गर्ने ओलम्पिक क्वीन विल्मा रुडोल्फनलाई सम्झिने गरिन्छ । आजका पीडिलाई उनको संघर्पामय जीवन नै एक सन्देश हो ।