फिल्मी कथा भन्दा कम छैन विराट र अनुष्काको प्रेम कहानी

विराट कोहली र अनुष्का शर्माको प्रेम कहानीको उतार चढाव जति रोचक छ, त्यति नै यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई खरो रुपमा उतार्न सफल भएको छ । त्यसैले अहिले यो जोडीलाई ‘पर्फेक्ट कपल’ को संज्ञा समेत दिईएको छ ।

विराट र अनुष्काको पहिलो भेट एउटा विज्ञापनको सुटको दौरान भएको थियो । यहि भेटपछि यी दुईको दोस्ती शुरु भएको थियो । यहि दोस्तीपछि गएर प्रेममा परिणत भएको थियो । यो जोडीको प्रेम झाङ्गिएपछि दुवैले केहि वर्ष डेट गरेका थिए । तर डेट गर्दा उनीहरुको प्रेम सम्बन्धको बारेमा चर्चा चले पनि दुवैले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए ।

प्रेम सम्बन्ध गोप्य राखेकै समयमा यी दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धालाई ब्रेक गर्दे अलग्गिएर आआफ्नो बाटो रोजेका थिए । सम्बन्धमा बे्रक लगाएपछि विराट र अनुष्काको समय सोचेको जस्तो भएन । दुवैले निकै मुस्किलको सामना गर्नु पर्यो । क्रिकेट प्रेमीहरुले विराट कोहलीको खराव प्रदर्शनको बारेमा अनुष्कालाई जिम्मेवार ठहर्याए ।

जब अनुष्कालाई जिम्मेवार ठहर्याएर उनलाई ट्रोल गरिरहेको थियो, त्यसबेला विराटले सामाजिक सञ्जालबाट अनुष्काको बचाव गरेका थिए । उनले ट्रोल्सको विरोध गर्दै कडा प्रतिवाद गर्दै आफ्नो खराव प्रदर्शनमा अनुष्काको कुनै हात नरहेको जानकारी समेत गराएका थिए ।

साथै विराटले आफुलाई अनुष्काले सधैं मोटिभेट गरेको समेत प्रस्ट पारेका थिए । तर सम्बन्ध ब्रेक भएपनि यी दुवैले एक अर्कालाई सपोर्ट गर्न भने छाडेनन् । जस्ले गर्दा टुक्रिन पुगेको उनीहरुको सम्बन्धमा पुनः टुसा पलाउन पुग्यो । यसरी दुवैको सम्बन्ध नजिकिदा पुन: प्रेममा रुपान्तरण भएको थियो ।

त्यसपछि दुवैले आफ्नो प्रेम सम्बन्धमा बढेको दुरीलाई घटाउँदै विवाह गर्ने फैसला गरेका थिए । अहिले यी दुवै जोडीले एक सन्तानलाई जन्म दिईसकेका छन् । अहिले पनि विराट भारतीय क्रिकेट टोलीबाट खेलिरहेका छन्, भने अनुष्का पनि बलिउडमा क्रियाशिल अभिनेत्रीको रुपमा सक्रिय रहँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :