तेक्वान्दो संघलाई सचिवालय प्रमुख प्रचण्डले दिए सचेतना

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल तेक्वान्दो संघलाई सचेतना गराएको छ । १९ औं एशियन खेलकुद सचिवालयका प्रमुख तथा तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले तेक्वान्दो संघलाई सचेतना गराएका हुन् ।

सचेतनामा सचिवालय प्रमुख शर्माले १९ औं एशियाडको तयारी तथा सहभागिता व्यवस्थास्पन अन्तर्गत परिषदको स्वीकृतिमा बन्द प्रशिक्षण सञ्चालन भएको पनि तेक्वान्दो संघलाई जानकारी गराएका छन् ।

साथै बन्द प्रशिक्षणको अनुगमन गर्न खटिएका कर्मचारीहरुले तेक्वान्दो खेलको बन्द प्रशिक्षणमा संलग्न टीम प्रशिक्षकसङ्ग समन्वयगरि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको अनुगमन र निरिक्षण गरेको पनि तेक्वान्दो संघलाई जानकारी गराएको छ ।

यसरी बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई हौसला प्रदान प्रदान गर्ने गरेको कार्यलाई त्यस संघवाट प्रेस विज्ञप्ती जारी गरि संघसङ्ग छलफल नगरी बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको लागि तथाकथित मोटिभेसन कक्षा सञ्चालन गरेको भन्ने आरोपमा सम्वन्धमा गभिर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

साथै सचिवालय प्रमुख शर्माले अनुगमन निरिक्षणको पूर्व जानकारी गराई गरिने विषय होइन । तसर्थ विषय बस्तुको जानकारी नलिई स्वच्छिक तरिकाले त्यस्ता कार्यहरु आइन्दा नगर्न नगराउन सचेतना गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :