कराते टोलीलाई सुजनको सहयोग

हाल अस्ट्रेलियामा बसोबास गेर्ने पूर्व राष्ट्रिय कराते खेलाडी सुजन श्रेष्ठले नेपाली राष्ट्रिय कराते टोलीलाई १ लाख ६५ हजार रुपैयाँ बराबरको खेल पोशाक प्रायोजन गरेका छन्।

उनले राष्ट्रिय ‘ए’ टोलीलाई ट्रयाक सुट तथा ‘बी’ लाई टिसर्ट प्रायोजन गरेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन्।

लामो समय नेपाली करातेमा विताएका उनले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी सकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :