मनोवैज्ञानिक दौड हो म्याराथन । पूर्ण तथा मनो–समिश्राात्मक दौड हो म्याराथन । ४२ किलो मिटरसम्म दौडिनु पर्ने च्यालेन्जिङ्ग दौड हो म्याराथन । दौडको अवसरमा मनमा आउने नकारात्मक विचारहरु सङ्ग जुझ्दै धावक अगाडि बढ्नु पर्दछ । नेपालको सन्दर्भमा एक त म्याराथन दौडिने खेलाडी कम पाइन्छ । त्यसमाथि दौडिने खेलाडीले सम्भवत यस्ता कुराहरु मनमा खेलाउन सक्छन्।
– नेपालमा म्याराथन दौडिएर के पाइन्छ ?
– हिजोसम्म म्याराथन दौडिएकाले के सुविधा पाए ?
– मलाई त लाग्छ यो चार–पाँच किलो मिटरको दौड परित्याग गरिदिन्छु ।
निसन्देश खेलाडीको मनमा माथि उल्लेखित नकारात्मक विचारहरु आउन सक्छन् । त्यस्तो अवस्थामा खेलाडीले सकारात्मक विचार सोच्नु सक्नु पर्छ । उदाहरणका लागि :–
– दौडिएर ख्याति कमाउन सकिन्छ ।
– अब त सरकारबाट पनि राम्रै सम्मान पाउन सकिन्छ ।
– मेरो आफ्नो स्वास्थ्यका लागि यो दौड लाभदायक छ ।
– पाँच किलो मिटर त दौडिसके बाँकि दौड पुरा गर्दै जानेछु ।
मनमा सकारात्मक विचारले उसलाई दौडिन अगाडि बढाउँछ । प्रेरित भएर उसले म्याराथन दौड कन्टियुड गर्दै जान्छ । निनिधारबाट पसिनाको धारा बगिरहन्छ । शरिर पसिनाले निथ्रुक्के हुन्छ ।
यस्तोमा दौड परित्याग गर्ने विचार आउँदा उ सोच्दछ १५ किलो मिटर दौड पुरा गर्न लागेको छु । मैले दौड परित्याग गरेभने मेरा साथीभाई, प्रशिक्षक, परिवारले मलाई हेर्ने दृष्टिकोण फरक पर्नेछ । भोलिको दिन मेरो लागि झन गाह्रो हुने छ । तसर्थ म दौड परित्याग गर्दिन । १५ किलोमिटर राम्रासङ्ग दौडिसके अब बाँकि दौड म पुरा गरेर छाड्ने छु भन्दै उ अगाडि बढ्दा उसको छेवैको साथी हिट स्ट्रोक भएर ढल्यो । उसलाई उपचार गर्न स्ट्रेचरमा उठाएर लगेको उसले देख्दा कता कता उसलाई पनि अत्यधिक गर्मिले सताउन थालेको महसुस हुन्छ । तर पनि गर्मिको मतलब नगरि उ अगाडि दौडिन्छ ।
दौडिदा दौडिदै उसले एक्काइस किलो मिटर पार गर्यो । ‘धने तैले यहि पेसमा दौडिनु पर्छ । २१ किलोमिटर दौडि सकिस कसैले भनेको उसले सुन्छ । त्यस भनाईको प्रवाह नगरि उ अगाडि दौडिरहन्छ । दौडिदा दौडिदै एकाएक उसको मनमा एउटा विचार स्मरण हुन्छ । ‘बाले खेत जोत्नु छ धने । यस पटक अलि लामै छुट्टी लिएर घर आइज है । यतातिर धान रोप्ने खेतालाहरु पाउन छोडिसके । अलिअलि भएकाले भाउ बढाएर तिरी नसक्नु भएका छन् । त छस्, म छु, तेरी बहिनी र आमा छे, सबै मिलेर खेतमा धान रोप्नुपर्छ । त्यसैले छिट्टै बिदा मिलाएर घर आइज है । बा का कुराले उसलाइर्ए दौडिन डिस्टप गर्छ । तै पनि मनालाई सम्हाल्दै उ अगाडि दौडि रहन्छ ।
‘धने अलिक पेस बडा । यस्तै पेसले रेकर्ड हान्दैनस् ।’ भन्छ मोटरमा हुइकिकने एक खेलाडीले ।
उसको सुझावलाई मनन गर्दै उसले आफ्नो पेस बढाउँछ । ३० किलोमिटर दौडिसकेको छ ।
‘स्यावास धने’ कसैले भनेको सुन्छ ।
रोड सड्कका दुवै पट्टी म्याराथन धावकलाई हेर्न बसेका जनतालाई देख्दा कसै कसैले ताली बजाएको सुन्दा उसलाई आनन्द लाग्छ । ३५–४० किलो मिटर दौडिसकेपछि उ खुशी हुन्छ । उसले जीवनमा पहिलो पटक म्याराथन दौडिदै थियो । ‘गुरुले हाप म्याराथन मात्रै दौडाउन सिकाएका थिए । गुरु ‘समय आएपछि तलाई फुल म्याराथन दौडाउँछु । हेर्न तैले म्याराथन दौड पुरा गर्नेछस्।’ गुरुले भनेको कुरा साँचो हुँदै थियो । गुरुको कुराले उसलाई रोमाञ्चित बनायो ।
र, अब स्टेडियम भित्रको ट्रयाकमा चार सय मिटर दौडिन उसले प्रवेश गर्यो।
त्यहाँ उसका कुरा थिए । आयोजक थिए । र केहि दर्शकहरु थिए । आकाश खुल्ला थियो । घाम टन्न लागेको थियो । कता कता दशैं आउन आउन लागेको प्रतित हुन्थ्यो।
धनेले आज म्याराथन दौडा पुरा गर्यो । उसलाई सबैले बधाई दिए । उ मनमनै खुशी भयो ।
‘उसको टाइमिङ्ग ठिकै छ । उ हाम्रो भोलिको राम्रो म्याराथन धावक हुनेछ ।’ भने गुरुले ।
त्यसपछि १५ दिन छुट्टी लिएर धने घर गयो ।