दश अंकमा दश अंक-नादिया कोमाञ्ची

रमेश खनाल (खेलकुद मनोविज्ञ)

जब जब खेलकुदमा मेन्टल रिहर्सल तालिमको कुरा हुन्छ, तब तब १९७६ मोन्ट्रियल ओलम्पिकको रानी नादिया कोमाञ्चीको स्मरण हुन्छ । जिमनास्टिक्सकी खेलाडी नादिया कोमाञ्ची नै एउटी त्यस्ती खेलाडी हुन्। जसले दश अंकमा दश नै अंक स्कोर गरेर तहल्का माच्चाएकी थिइन् । त्यसभन्दा अघि कुनै पनि जिमनास्टिक्स खेलाडीले दशमा दश अंक स्कोर गर्न सकेका थिएनन् ।

नादिया कोमाञ्ची १२ नोभेम्बर १९६१ मा घेओर्गिउ डे भन्ने रोमानियाको एक शहरमा जन्मिएकी हुन् । उनलाई बाल्य अवस्था देखि नै बेला कारोलेईले जिमनास्टिक्स खेलतर्फ आकर्षित गरेका थिए । उनी हंगेरियन-अमेरिक जिमनास्टिक्स कोच थिए । उनले रोमानियालाई जिमनास्टिक्सको प्रशिक्षण केन्द्र बनाएका थिए । बेला कारोलेई कडासासक निकोलेई केसेसससँग सधैं मनमुटाव,झगडा हुन्थ्यो । रामानिया शासकसँग तंग भएर उनले १९८१ मा अमेरिका प्रवेश गरेका थिए । नादियालाई उनले ओलम्पिक च्याम्पियन बनाउन अथक परिश्रम र प्रशिक्षण दिएका थिए । उनले नादियाको प्रशिक्षणमा मेन्टल रिहर्सल तालिम पनि गराउथे ।

मेन्टल रिहर्सल खेलको कुनै एक क्रियालाई बारबार दिमागमा दोहोर्याएर स्वचालित बनाउन सहयोग पुर्याउने मानसिक प्रशिक्षण हो । अर्थात् भनौं खेलाडी उक्त एक्सन माथि पर्फेक्ट नहुन्जेल सम्म दिमागमा बारबार रिहर्सल गरिरहनु पर्छ । प्राविधिक गल्तिलाई सच्याउनका लागि मेन्टल रिहर्सलको प्रयोग गर्छन्। जटिल क्रियालाई सरलिकरण गरेर स्वाचालित बनाउन मेन्टल रिहर्सल आवश्यक हुन्छ । मेन्टल रिहर्सलको तालिमले खेलाडीको धैयैता, कन्फिडेन्ट, कन्सन्ट्रेसन र पर्फमेन्स लगाउतमा सुधार हुन्छ । तर मेन्टल रिहर्सल गर्ने विषयको पूर्णशान खेलाडीलाई हुनु पर्दछ । रिहर्सल गर्ने स्थान शान्त, स्वस्थ्यवर्धक हुनु गर्दछ । समयको पावन्दी हुनु पर्छ । आवश्यक पर्ने खेल सामग्री पनि उपलब्ध हुनु पर्छ । मेन्टल रिहर्सल प्रभावकारी भयो भएन त्यसको परिक्षण गर्नु पर्छ । यदि मेन्टल रिहर्सल प्रभावकारी भएको छैन भने पुनः रिहर्सल गराउनु पर्छ । एकै दिनमा गल्ति सुधार्न सकिदैन । बारम्बार रिहर्सल तालिम भईरहनु पर्छ ।

अतः नादीधालाई पनि स्वाचालित (अटोमेटिक) क्रिया गर्न धेरै पटक प्रशिक्षण गराएका थिए । नादीधाको दश अंकका दश अंक स्कोर ल्याउन प्रशिक्षक बेलाले धेरै तालिम गराएका थिए ।जिमनास्टिक्स खेलका प्राय सबै इभेन्टहरु शुरुदेखि अन्तिम (ल्यान्डिगं नगरुन्जेस) सम्म एउटै क्रियामा सकिन्छ । अतः यस खेलमा खेलाडीले राम्रो अंक ल्याउन शतप्रतिशत मानसिक प्रशिक्षण गर्नुपर्दछ ।

नादीधाले रसियन सैनिक जिमनास्ट लेउड्मिलालाई सन् १९७५ को अन्तर्राष्ट्रिय प्रतियोगितामा हराएर तहल्का मच्चाएकी थिइन् । उनले न्युयोर्क अमेरिकन कप पनि जितेकी थिइन् । त्यसैगरी प्रि-ओलम्पियक जुनियर मिटमा तीन वटा स्वर्ण पदक जितेकी थिइन् । यो प्रतियोगिता कम्युनिष्ट बलका राष्ट्रहरुले आयोजना गरेका थिए, १९७२ मा । त्यसैगरि १९७३-७४ मा पनि उनि अलराउण्डर च्याम्पियन भएकी थिइन् ।

मोन्ट्रियल ओलम्पिकमा स्वर्ण पदक जितेपछि उनलाई सोसलिन्ट लेबरकोे हिरो नाम दिइयो । फ्लोर एक्ससाइजका संगीत उनको नाममा कायम गरियो। उनले १९७७ को ग्रामी अवार्ड पनि जितिन् । १९८० मस्को ओलम्पिक, ब्यानेन्स बिममा पनि नादीधाले २० अंकमा १९.८०० अंक प्राप्त गरेर स्वर्ण पदक जितेकी थिइन् । उनले १९८४ देखि खेलाडी जीवनबाट रिटायर्ड भइन् ।

उनलाई रोमानियामा भन्दा अमेरिकामा धेरै अवसर प्राप्त हुन सक्छ भन्ने लागेर हंगेरी हुँदै १९८९ मा अमेरिका प्रवेश गरिन् र २००१ मा उनलाई अमेरिकाको नागरिकता प्राप्त भयो । अमेरिकामा उनले अमेरिकन जिमनास्ट बार्ट कर्नरसँग विहे गरिन् । संयुक्र रुपमा दुवैले जिम्न्यास्टिक खेलको प्रशिक्षकको रुपमा धेरै का गरे । उनको नादिया नाम गरेको पुस्तक पनि प्रकाशित भयो । उनलाई सन् १९९३ मा ‘इन्टरनेशनल जिमनास्टिक्स हल अफ फेम’ बाट सम्मानित गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :