एशिया कपः भारत र बंगलादेशबिच सुपर फोरको अन्तिम खेल आज हुँदै

एशिया कप क्रिकेट २०२३ कोे सुपर फोरको अन्तिम खेल आज भारत र बंगलादेशबीच भिडन्त हुँदैछ । कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने भारत र बंगलादेशको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ ।

भारत सुपर फोरका दुवै खेल जितेर फाइनलमा प्रवेश गरिसकेको छ भने बंगलादेश दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । यस्तो अवस्थामा आज भारतले एशिया कपमा खेल्न नपाएका खेलाडीहरुलाई मैदान उतार्न सक्नेछ ।

त्यस्तै बंगलादेश अन्तिम खेलमा जित हासिल गर्दै सुखद अन्त्य गर्ने रणनीतिमा उत्रिने छ । बंगलादेशले एशिया कपमा अफगानिस्तानलाई पराजित गरेर सुपर फोरमा पुगेको थियो । बंगलादेशको एशिया कपमा यहि एक मात्र जित हो ।

आर प्रेमदासाको पीच ब्याटिङ्गको लागि उत्कृष्ट मानिन्छ । आजको खेलमा पनि भारत र पाकिस्तानको खेलमा झैं ठूलो रन बन्ने छ । यो पीच फास्ट बलरभन्दा स्पीन बलरहरुको लागि सहयोगि बन्दै आएको छ । भारत र पाकिस्तानको खेलमा यो पीचमा स्पीन बलरहरुले १६ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :