मलेसियामा आयोजना हुने एसीसी अण्डर-१९ प्रिमियर कप क्रिकेटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार मलेसियामा हुने एसीसी अण्डर-१९ प्रिमियर कपका लागि २४ सदस्यीय नेपालको प्रारम्भिक टोली घोषणा गरेको हो ।
५० ओभरमा खेलाईले प्रिमियर कपमा १६ राष्ट्रको सहभागिता रहने छ । यस प्रतियोगितलाई यसै वर्ष पाकिस्तानमा हुने एसीसी अण्डर-१९ एसिया कप छनौटको रुपमा समेत हेरिएको छ। मलेसियाले आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म हुने प्रिमियर कपबाट शीर्ष ३ टोलीले एसिया कपमा स्थान पक्का गर्नेछ ।
प्रतियोगिताका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसागै बहराइन, साउदी अरेविया र इरान पनि रहेका छन् । यस्तै समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन, समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, आयोजक मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।
नेपालको प्रारम्भिक टोलीः
आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्ब्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुभाष भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, उनिश सिंह ठकुरी, अशोक पौडेल, अभिनाश तिवारी, नरेन भट्ट, निरज यादव