रिस अनि रिसको व्यवस्थापन

रमेश खनाल (खेल मनोविज्ञ)

खेलाडी रिसाए भने फउल हान्छन् । दर्शक रिसाए भने बोतल मैदानमा फ्याक्छन् । अर्थात्, जो पनि रिसाउँछन् । आफुले भने जस्तो कुरा भएन भने रिस उठ्छ । रिसाउनु एक प्राकृतिक नियम हो । वास्तवमा यो एक संवेग हो । संवेग हाम्रो जीवनको भावनात्मक पक्षसङ्ग सम्बन्धित हुन्छ । हामी कहिले खुशी, कहिले दुःखी, कहिले क्रुद्ध, कहिले भयग्रस्त, कहिले प्रेममय, कहिले करुणामय हुन्छौं । हाम्रो यहि अवस्थालाई संवेग भनिन्छ ।

प्रशिद्ध मनोविज्ञ पि.टी. युगले आफ्नो पुस्तक इमोशन इन मेन एण्ड एनिमोल्समा संवेगलाई परिभाषित गरेका छन् । उनका अनुसार संवेग (रिस) ले व्यक्तिलाई सम्पूर्णरुपमा प्रभावित पार्दछ । रिसाएको बेला व्यक्तिलाई सामान्यतयाबाट टाढा लैजान्छ । संवेगबाट एक प्रकारको व्यवहारको उत्पत्ति हुन्छ । संवेगबाट त्यस व्यवहारको चेतन अनुभूति हुन्छ । संगेवमा अन्तरावयव क्रियाहरु पनि हुन्छन् ।

युगले संवेगलाई तीब्र उपद्रोको अवस्था हो, भने ता पनि अन्य मनोविज्ञहरु उनीसङ्ग सहमत छैनन् । वास्तवमा यो एक पूर्ण मनोवैज्ञानिक अवस्थाको समिक्षात्मक उपज हो । यो भावनात्मक प्रक्रिया हो । यसको उत्पत्ती कुनै पनि परिस्थितिको प्रत्यक्षिकरण, सारण वा कल्पनाबाट हुन्छ । जसको फलस्वरुप मानिसमा विभिन्न प्रक्रियाहरु हुन्छन्।

रिसलाई नियन्त्रण गर्न नसकेर खेलाडीले रेफ्रीमाथि जाइ लाग्छन् । दर्शकले मैदानमा बोतल फ्याक्छन् । स्टेडियमभित्र बिस्फोटन पदार्थहरु फ्याल्छन् । र, कतिको ज्यान पनि जान्छ । विगतमा यस्ता घटनाहरु घटेका छन्।

रिस किन उठ्छ खेल मैदानमा?

–रेफ्रीको निर्णय गलत ठानेर एकथरि दर्शक रिसाएर उत्पात मच्चाउँछन्।
–खेलाडी– खेलाडी फउल हान्न थाले भने रिसको वेग आकासिन्छ ।
–दर्शकहरु उत्तेजित भएको देखेर पक्ष– विपक्षबीच मारमार हुन्छ र रिसको उग्ररुप देखिन्छ त्यहाँ
–अप्रात्यासित रुपमा हार्नु पर्यो भने हार्ने टीमको रिसले झगडा गरेर तमासा गर्छन् ।
–त्यसो त खेलकुदमा यस्ता थुप्रै कारणहरु छन्, रिसका सम्बन्धमा ।
संवेग अर्थात् रिसलाई तीन प्रकारले अभिब्यक्त गर्छन् ।
० श्वरागत अभिव्यक्ति:– रिसाएको व्यक्तिले ठूलो ठूलो स्वरमा गाली गर्छन् । प्रशिद्ध मनोविज्ञ उडवर्थ लेख्छन्–‘अनुहार भन्दा श्वरागत मानिस बढी क्रियात्मक हुन्छन् । ठूलो स्वर कम्पन स्वर, मसिनो स्वरबाट रिसको चिनारी हुन्छ ।

०मुखाकृत अभिव्यक्ति :– भनिन्छ अनुहार मुखको दर्पण हो । रिसको अवस्थामा अनुहारमा परिवर्तन हुन्छ । डार्विनले पनि मानसिक स्थिति अनुसार हाम्रो अनुहारमा परिवर्तन हुन्छ भनेका छन् । रिसाएको अवस्थामा मुख रातो हुन्छ, आँखा ठूलो हुँदा निधारमा बल पर्छ, ओठ, दाँत, दबाइन्छ । यस्तो अवस्थामा रक्तचाप बढ्छ, दम पनि फुल्छ ।

०मुद्रागत अभिव्यक्ति :– रिसाएको व्यक्तिले आफ्नो अगाडि जे–जे छन्, ति सबै वस्तुहरु फ्याक्छन्–प्रयोग गर्छन्। यस्तो अवस्थामा उनीहरुको अगाडि फलामे छड्, खुकुरी, तरवार, छुरा, बोतलका शिसी, बन्दुक बम जे भएपनि पनि प्रयोग गर्न सक्दछन् । यदि रिसाएको व्यक्तिको हातमा केहि पनि छैन भने बाटोमा भएका फलामे रेलिङ्ग, टेलिफोनका बुथहरु, आइल्याण्डका मूर्तिहरु, बगैचामा भएका इट्टा, ढुङ्गा, मुढा जे– जे छन् ति सबै प्रयोग गर्न उद्दत हुन्छन् । रिसको आँखा हुँदैन । आन्दोलनको समयमा श्वरागत र मुद्रागत अभिव्यक्तिको बढी प्रयोग हुन्छ ।

रिस पनि थरिथरिका हुन्छन् । कुनै क्षणिक उठ्ने कुनैै साधारण । रिस कहिले काहि गम्भिर प्रकृतिको हुन सक्छन् । सामान्य वादविवादमा रिस उठ्न सक्छ तर कुरो मिल्ने वित्तिकै सामसुम भईहाल्छ । हामीे अलिक समयसम्म रहिरहने रिसबाट सजग हुनु पर्छ, बच्नु पर्छ । यसले प्रकृतिको रिसलाई व्यवस्थापन गर्नु नै पर्छ । रिस उठ्ने बेलामा चुप लागेर बस्ने वा सत्ने वा डुल्न निस्किदा पनि रिस शान्त, साम्य हुन सक्छ । तर यसको स्थायी निराकरण भनेको के कुरामा रिस उठेको हो त्यसको खोजी गर्नुपर्छ । र त्यस विषयलाई विश्लेषण गरेर स्थायी निराकरण गर्नु सक्नु पर्छ । तर रिसको मूल निदान भनेको रिसको कारणलाई फ्यूज गर्नु हो । यदि रिसको मूल कारणलाई फ्यूज गर्न सकेन भने योग, ध्यान गरुन्जेल रिस हराउँछ । तर जब रिसको कारक तत्व स्मरण हुन्छ तब पुनः रिस अर्लिएर आउँछ । तसर्थ कारक तत्व पत्ता लगाएर फ्यूज गनुृ नै पर्छ, रिस सामसुम पार्न ।

रिसाउँदा किन मानिस उत्तेजित हुन्छ?

रिसाउँदा अन्तःस्रावी ग्रन्थीहरुमा पनि परिवर्तन हुन्छ । एडे«निन उत्पन्न हुन्छ । लिभर उत्तेजित हुन्छ । रगतमा चीनीको मात्रा बढ्छ । रगतमा चीनीको मात्रा बढेको बेला मानिस बढी शक्तिशाली उत्तेजित हुन पुग्छ । कल्पना गर्दापनि पुग्न नसकिने अवस्थामा मानिस पुग्छन्। ठूलो दुर्घटना हुन सक्छ । तसर्थ रिसलाई व्यवस्थापन गर्नुपर्छ । यसको लागि परामर्शदाताहरु, मनोचिकित्सकलाई भेटेर आफ्नो समस्या खुलेर बताउनु पर्छ । र उनीहरुले दिने मरामर्शलाई नियमित फलो गर्नु पर्छ ।

खेलाडीका सम्बन्धमा उनीहरुको मनो–शारिरीक स्थिति रिकर्ड गरेर राख्नुपर्छ । शरिरको प्रकृति अनुसार रिस उठ्ने हुन्छ । च्यासे खेलाडीहरु छिटो रिसाउँछन् । उनीहरुलाई शान्त रहन खेलका नियमहरु राम्रोसङ्ग बुझाउनु पर्छ । नियमको ज्ञान नभएर रिसाउने वित्तिकै फउल खेल्न थाल्छन् । र टीमलाई नै समस्यामा पार्न सक्छन्। अतः इण्डोमप मसोमफ शारिरीक प्रकृतिका खेलाडीहरुलाई खेल नियम राम्रोसङ्ग बुझाउन सके रिसको मात्रा घटाउन सकिन्छ । अँझ कतिपय खेलाडीले दर्शकको कमेन्ट सहन सक्तैनन् । उनीहरु दर्शकको कमेन्ट सहन सक्तैनन् । उनीहरु दर्शकमाथि झम्टिन पुग्छन् । दर्शकहरु हामीलाई चाहिन्छ । हुटिङ्ग गर्ने छुट हुन्छ । दर्शकको हुटिङ्ग सकारात्मक पनि हुन्छ, नराम्रो खेले नकारात्मक पनि हुन्छ । यस्तो स्थितिको बोध खेलाडीलाई गराउनु पर्छ । संयमता अपनाउन, सिकाउनु पर्छ ।

अतः खेलाडीलाई स्पष्ट रुपमा खेलका नियमहरु पढाउनु र सिकाउनु पर्छ । नबुझेका छन्, भने सोध्न सिक्ने कार्यशाला आयोजना गर्नु पर्छ । त्यसपछि रिस नियन्त्रण गर्ने विधिहरु मेन्टल टे«निङ, ध्यान थेपारी, कन्सनट्रेशन थेरापी, योग, प्राणायाम पनि नियमित सिकाउनु पर्छ । संयम, शान्त, खेलाडीले नै श्रृजनशिल भएर मन लगाएर खेल खेल्ने सक्छ । मनो– शारिरीक नियन्त्रण, सन्तुलनबाट खेलाडीले उच्चतम प्रदर्शन गरेर रिसलाई निराकरण गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :