एशिया कपको फाइनलमा श्रीलंका ५० रनमै अल आउट

भारत र श्रीलंकाबीच जारी एशिया कप २०२३ को फाइनलमा भारतले शान्दार प्रदर्शन गरेको छ ।

श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंका १५.२ ओभरमा ५० रन बनाउँदै अलआउट भएको छ ।

श्रीलंकालाई ५० रनमा समेट्न मोहम्मद सिराजले घातक बलिङ्गको प्रदर्शन गरेका छन् । सिराजले श्रीलंकाका ६ खेलाडीहरुलाई पेबेलियनको बाटो देखाए ।

यो सिराजको एक दिवसिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन हो । त्यस्तै हार्दिक पाण्डेले ३ र जसप्रीत बुमराहले ३ विकेट लिए ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन जोडर आउट हुँदा दुसन हेमन्थाले अविजित रहँदै १३ रन जोड्दा अन्य कुने खेलाडीले दोहोरो अंक रन जोड्न सकेनन् । त्यसमा पनि पाँच खेलाडी शुन्य रनमा आउट हुन पुगे ।

एशिया कप इतिहासको फाइनलमा ५० रनको झिनो योगफल तयार पार्ने डिफेन्डिङ्ग च्याम्पियन श्रीलंका पहिलो टोली बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :