श्रीलंकालाई १० विकेटले हराउँदै भारत बन्यो एशिया कपको च्याम्पियन

शानदार प्रदर्शन गर्दै एशिया कप क्रिकेट २०२३ को उपाधि जितेको छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियमा शनिबार भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष भारतले ६.१ ओभरमा बिना विकेटको क्षतीमा पुरा गर्यो । भारतका लागि अविजित रहँदै इशान किशनले २३ र शुभमन गिलले २७ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंका १५.२ ओभरमा अलआउट हुँदै ५० रनमा समेटियो । उसका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन जोड। उसका अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् ।

श्रीलंकालाई ५० रनमा समेट्न भारतका मोहम्मद सिराजले घातक बलिङ्गको प्रदर्शन गरे । सिराजले श्रीलंकाका ६ खेलाडीहरुलाई पेबेलियनको बाटो देखाए ।

यो सिराजको एक दिवसिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन हो । त्यस्तै हार्दिक पाण्डेले ३ र जसप्रीत बुमराहले ३ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :