सागरको कीर्तिमान

नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

पुरुष १०९ केजी तौलसमूहमा सागरले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस० ले जनाएका छन् ।

सागरले स्न्याचमा १२८ केजी, क्लिन एन्ड जर्कमा १६३ र कुलमा २९१ केजी तौल उठाउदै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे । यसअघि स्न्याचमा १२२, क्लिन एन्ड जर्कमा १६२ र कुलमा २८४ केजीको कीर्तिमान सागरकै नाममा थियो।

सोही प्रतियोगितामा सागरअघि विकास भट्ट र विशालसिंह विष्टले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी समान ३–३ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। दुवै खेलाडीले पनि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :