काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद परिषर सातदोबाटो स्थित बक्सिङ हलमा शुक्रबारबाट जारी राष्ट्रिय महिला तथा पुरुष युथ तथा जुनियर बक्सिङ प्रतियोगिता अन्तर्गत आजका सेमिफाइनल बाउटहरु सम्पन्न भएको छ ।
५४ किलो तौल समुहमा दमकका दिपेश विश्वकर्मालाई एचटुओका आशीस बेगाले ५ः० अंकको आधारमा जीत हासिल गरे सोही तौल समुहमा भाटभटेनी हेल्थ क्लबका लेन्डुप लामालाई बक्समाण्डुका प्रबल उप्रेतीले ५ः० अंकको आधारमा जीत हासिल गरे । ५७ किलो तौल समुहमा मकवानपुरका ओम लामालाई अल्फाका रेमन पुनले ५ः० अंकको आधारमा जित हासिल गरे । सोही तौल समुहमा एक्स बक्सिगका हुम बहादुर अधिकारीलाई दमकका योयल राईले ३ः२ अंकको आधारमा जित हासिल गरे ।
त्यसै गरी ६० किलो तौल समुहमा भाईबका युनिक तामाङलाई बक्समाण्डुका आशुष थापाले वाक ओभरको आधारमा जित हासिल गरे । सोही तौल समुहमा मकवानपुरका अभिषेक रानामगरलाई स्वीटसाईन्सका युगल रोकामगरले ४ः१ अंकको आधारमा जित हासिलगरे भने सोही तौल समुहमा टोटल फिजिकल फिटनेशका सुजिन पलान्चोकीलाई भाटभटेनी हेल्थ क्लबका निमा शेर्पाले ४ः१ अंकको आधारमा जित हासिल गर्दै सेमी फाईनलको यात्रा तय गरे ।
जुनियर पुरुष तर्फ ४६ के।जी। तौल समुहमा अल्फाका लाल बहादुर घर्तीलाई ३ः० अंकको आधारमा नक्सालका सक्क्षम लामाले जित हासिल गरे, सोही तौल समुहमा एच टु ओका खेलाडी शुसभ लामालाई ५ः० अंकको आधारमा बाकेका चन्दन शाहीले जित हासिल गरे । ४८ केजी तौल समुहमा ललितपुरका अर्ज सिल्वाललाई ५ः० अंकको आधारमा रोल्पाका रजिन पुन मगरले जित हासिल गरे ।
५० केजी तौल समुहमा च्याम्पियन बक्सिङ क्लबका खेलाडी मोहन के।सी।लाई आरएसिको आधारमा रोल्पाका खेलाडी दिप्लप घर्तीले जित हासिल गरे। ५२ केजी तौल समुहमा झापाका रोशन विश्वकर्मालाई ५ः० को अंकको आधारमा अल्फा, दाङ्गका विजय घर्तिमगरले जित हासील गरे । सोही तौल समुहमा च्याम्पियन, दाङ्गका करुण बुढामगरलाई ५ः० अंकको आधारमा फाईट प्रमोशन काठमाण्डौका मोहित विष्टले जित हासिल गरे ।

५७ किलो तौल समुहमा एक्स बक्सिङ्ग क्लबका कास्कीका शाहील लिम्बुलाई ५ः० अंकको आधारमा स्वीट साईन्स बक्सिङ्ग काठमाण्डौका रोशीकी शाही खडकीले जीत हासिल गरे । सोही तौल समुहमा भाईब बक्सिङ्ग क्लब नुवाकोटका आशीस रिजाललाई नकआउटका आधारमा झापाका खेलाडी निक्मा तामाङ्गले जीत हासिल गरे ।
६० किलो तौल समुहमा अल्फा दाङ्गका समिर खवासलाई ५ः० अंकको आधारमा एक्स बक्सिङ्ग कास्कीका समुन्द्र थापा ले जीत हासिल गरे । सोही तौल समुहमा बक्समाण्डु, काठमाण्डौका खेलाडी देबथिङ्ग तामाङ्गलाई ५ः० अंकको आधारमा दाङ्गका नयन सिंह भण्डारीले जीत हासिल गरे । ७० किलो तौल समुहमा फाईट प्रो काठमाण्डौका उर्गेन शेर्पालाई स्वीट साईन्सका नोर्वु शेर्पाले आरएससीको आधारमा पराजित गरे । ८० प्लस किलो तौल समुहमा दमकका ग्याल्बो आङ्गदाम्बेलाई आर्यन फिटनेश क्लब, भक्तपुरका श्रीयान्स सिवाकोटीले आरएससीको आधारमा जीत हासिल गरे।
जुनियर महिला तर्पm ५० किलो तौल समुहमा उदयपुरका मुस्कान तुलाधरलाई झापाका प्रतिमा राईले स्पिलट डिसिजनको आधारमा जित हासिल गरे । त्यसै गरी युथ केटागोरीमा महिला ५० किलो तौल समुहमा नक्सालका दिव्या लिम्बुलाई मकवानपुरका रोशनी घलानले अंकको आधारमा जित हासिल गरे।
सोही तौल समुहमा स्वीट साईन्सका शितास्मा खडकालाई एचटुओका बृषा श्रेष्ठले आरएससीको आधारमा जित हासिल गरे । युथ तर्फकै ५४ किलो तौल समुहमा अल्फाका पुष्पा कुमारी थापालाई झापाका स्मारिका राईले ५ः० अंकको आधारमा जित हासिल गरे ।
त्यसै गरी ६० किलो तौल समुहमा उदयपुरका चन्दन राईलाई एक्स बक्सिंगका निकिशा गुरुङ्गले आर एससीको आधारमा जित हासिल गरे । सोही तौल समुहमा आर्यनका अन्शु केसीलाई भूमी, चितवनका बबिता गोदार क्षेत्रीले ५ः० अंकको आधारमा जित हासिल गरे ।
त्यसै गरी युथ पुरुषतर्पmका सेमी फाईनल खेलहरुमा ४८ किलो तौल समुहमा नक्सालका मानव लामालाई एचटुओका अप्रिल रानाले ५ः० अंकको आधारमा जीत हासिल गरे । सोही तौल समुहमा आर्यनका दार्विन कोईरालालाई अल्फाका गिर्वान केसीले ५० अंकको आधारमा जित हासिल गरे।
५१ किलो तौल समुहमा बक्समाण्डुका विक्की अर्याललाई भक्तपुरका विकल व्वयोधाले ५ः० अंकको आधारमा जित हासिल गरे । सोही तौल समुहका झापाका प्रज्जवल खडकालाई बाँकेका शुभम जंग शाहले आरएससीका आधारमा जीत हासिल गरे ।
५७ किलो तौल समुहमा एच टु ओका छेवाङ्ग तामाङ्गलाई बक्समाण्डुका छिरिङ्ग वाङ्गदी शेर्पाले जित हासिल गरे ।
नेपाल बक्सिङ महासंघका महासचिव तथा प्रतियोगिता संयोजक मान बहादुर भण्डारीका अनुसार देशै भरिबाट युथ महिला तर्फ १६ जना, पुरुष तर्फ ५२ जना र जुनियर महिला तर्फ ७ जना, पुरुष तर्फ ४३ जना गरि जम्मा ११८ जना खेलाडीहरु सहभागी छन ।
प्रतियोगिताको संयोजक तथा महासचिव भण्डारीका अनुसार प्रतियोगितामा प्रथमहुन सफल उत्कृष्ट खेलाडीहरु मध्येबाट उत्कृष्टताको आधारमा काजाकिस्तानको राजधानी आस्ताना शहरमा आयोजना हुने एएसबिसि एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिप २०२३ अक्टोबर २१ देखि नोभेम्बर ०४ मा सहभागीता जनाउनेछ ।
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, उपाध्यक्षहरु सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र शोभाजंग के।सी।, महासचिव मान बहादुर भण्डारी, सचिव तथा आईटिओ पुष्करराज पन्त, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु सुमन कुमार केसी,मिलनध्वज राना, दुर्गा गहतराज, नवीन तण्डुकार, निवर्तमान बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, आईबिए थ्री स्टार कोच किरण थापा लगाएत खेलाडी अभिभावकहरु उपस्थिति रहेको थियो ।