सिद्धान्तलाई स्वर्ण

सिद्धान्त बलामीले ११ औं कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको अन्तिम दिन आइतबार स्वर्ण जितेका छन् ।

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुष ७३ केजीमुनि फाइनलमा सिद्धान्तले आयुश चौधरीलाई पराजित गरे । सिनियर पुरुष ६३ केजीमुनि प्रदीप विश्कर्माले सन्जाल श्रेष्ठलाई फाइनलमा हराउदै पहिलो भए ।

सिनियर महिला ४६ केजीमुनि अन्जली साउदले सदिक्षा कार्कीलाई पाखा लगाउदै स्वर्ण चुमिन् । स्वर्ण र रजत जित्ने सबै खेलाडी नेपालका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :