ग्रिनफिल्ड र गोल्डेनगेट इन्टरनेसनलले नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनफिल्ड ब्वाइज तथा गोल्डेनगेट गल्र्समा च्याम्पियन बने ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लु वल्र्ड कलेजलाई २१–१७ ले पराजित ग¥यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा गोल्डेनगेटले जेभियरलाई १६–२ ले हरायो । दुवै समूहको विजेताले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
ब्वाइजमा ग्रिनफिल्डका सोनाम साङगु लामा तथा गल्र्समा गोल्डेनगेटकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ‘मोस्ट भेलुएबल प्लेयर’ ले लिनिङको गिफ्ट ह्याम्पर पाए ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दीपक गुरुङ, प्रतियोगिताको अफिसियल पार्टनर लिनिङका राजेन महर्जन र आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रायोजकमा प्राइम एजुकेसन, म्याग्निफिसियन्ट एजुकेसन एन्ड आईटी सर्भिस तथा एजुकेसन र माइग्रेसन कर्नर रहेका छन् ।