१९ औं एसियाली खेलकुद (एसियाड) सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ।एशियाडमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार बिहान चीन प्रस्थान गरेको हो ।
आगामी असोज ६ देखि १८ गतेसम्म चीनको हाङझाउमा हुने एसियाड खेल्दै नेपालको महिला फुटबल टोलीले एसियन गेम्समा डेब्यु गर्दैछ । नेपालले रेनुका नगरकोटीको कप्तानी तथा बालगोपाल महर्जनको प्रशिक्षकत्वमा एशियाड खेल्ने छ ।
एसियाड अन्तर्गत महिला फुटबलका खेलहरु असोज ४ गतेदेखि शुरु हुनेछ । जसका लागि नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा विश्वकप खेलिसकेको जापान र भियतनामसँगै साफ च्याम्पियनसिप विजेता बंगलादेश छ।
नेपालले आफ्नो पहिलो खेल असोज ५ गते शुक्रबार भियतनामसँग खेल्ने छ । यस्तै दोश्रो खेल असोज ७ गते सोमबार विश्वकप विजेता समेत भईसकेको जापानसँग खेल्ने छ ।
नेपालले समूह चरणको तेश्रो तथा अन्तिम खेल असोज १० गते बुधबार बंगलादेशसँग खेल्नेछ ।