वडा नं ४, १४, २६ र १३ सेमिफाइनलमा

काठमाण्डौं । वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा नं १३ सोमबार प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

लैनचौर फुटसल मैदानमा भएको पहिलो क्वाटरफाइनलमा वडा नं १४ ले वडा नं ३२ लाई २–१ ले हरायो। वडा नं १४ का मनिष रानाभाटले दुवै गोल गर्नभयो । वडा नं ३२ ले आत्मघातीरुपमा एक गोल प्राप्त गर्यो । वडा नं १४ का सरोज लामिछानेले आफ्नै गोलपोस्टमा बल छिराउनुभएको हो । सो खेलमा प्रकास थापा मगर म्यान अफ दि म्याच चुनिनुभयो।

दोस्रो क्वाटरफाइनलमा वडा नं २६ ले वडा नं १५ लाई २–० ले हरायो विजयी टिमका लागि प्रशान्त नेपाल रजक र करुण खड्गीले गोल गर्नुभयो । सो खेलमा म्यान अफ दि म्याच वडा नं २६ का कप्तान राजन लाल नेपाली घोषित हनुभयो । तेस्रो क्वाटरफाइनलमा वडा नं ४ ले वडा नं १७ लाई ७–१ ले सजिलै पराजित गर्यो ।

वडा नं ४ का विक्रान्त नरसिंह रानाले दुई गोल गर्नुभयो । अन्य गोल प्रजेश अधिकारी, असिम गुरुङ, सरोज थापा, मयंक गुरुङ र म्रियङ गुरुङले गर्नुभयो । वडा नं १७ का सगन महर्जनले गरेको गोल सान्त्वना मात्र बन्यो ।

चौथो तथा अन्तिम क्वाटरफाइनलमा वडा नं १३ ले वडा नं ११ लाई १–० ले हरायो । अभय रानाको गोलले वडा नं १३ विजयी भएको हो । अभय नै म्यान अफ दि म्याच बन्नुभयो । काठमाडौँ महानगरपालिकाका वडाहरु बीच आयोजना भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार सेमिफाइनमला वडा नं ४ ले वडा नं १४ तथा वडा नं २६ ले वडा नं १३ को सामना गर्नेछ ।

नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ। उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :