एचएचसीएले १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ।
एचएचसीएले पञ्चायण्लाई ४५–४० ले पराजित गर्यो। एचएचसीएका डेभिड राईले १३ अंक जोडे । सोही स्पर्धामा क्यान्भासले स्किब्सलाई २९–१७, सिद्धार्थले पारामाउन्टलाई २६–२३ र प्राण्जलीले फ्लोरोसेन्टलाई २४–२१ ले हराए। क्यान्भासका रमेश अर्यालले १० तथा सिद्धार्थका शक्ति श्रेष्ठले ७ स्कोर गरे ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले किङडमलाई १९–१७, गोल्डेनपिकले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई २२–१८, ग्रिनल्यान्डले फेरिल्यान्डलाई १६–१२ र फेरिल्यान्डले भद्रकालीलाई २९–२३ ले पाखा लगाए ।
एन्जल्स हार्टका रुपेश पौडेलले ९, गोल्डेनपिकका अमन गुरुङले ६, ग्रिनल्यान्डका राहुल ठगुन्नाले ६ र फेरिल्यान्डका तेन्डि खत्रीले ११ अंक जोडे ।